रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चुनाव चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरेका हुन्।
रामेछाप लाई प्राकृतिक स्रोत, सांस्कृतिक पहिचान र परिश्रमी जनशक्तिले सम्पन्न जिल्ला भन्दै श्रेष्ठले सम्भावना हुँदाहुँदै पनि विकासले अपेक्षित गति लिन नसकेको उल्लेख गरेका छन्। बेरोजगारीका कारण युवाहरू विदेशिन बाध्य भएको, कतिपय गाउँमा अझै गुणस्तरीय सडक, स्वास्थ्य र शिक्षाको पहुँच पर्याप्त नभएको उनको भनाइ छ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले विगतमा जनताका मुद्दालाई प्राथमिकतामा राख्दै विभिन्न विकास पहल अघि बढाएको दाबी गरेका छन्। अब अझ सशक्त योजना र स्पष्ट दृष्टिकोणसहित समग्र विकासमा लाग्ने प्रतिबद्धता उनले जनाएका छन्।
उनका प्रमुख एजेन्डामा युवा केन्द्रित नीति, सीप विकास र स्थानीय रोजगारी सिर्जना, गाउँ–गाउँ जोड्ने सडक तथा खानेपानी र सिँचाइ पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार, कृषि तथा पर्यटन प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता समावेश छन्।
निर्वाचनलाई केवल पदको प्रतिस्पर्धा नभई भविष्य निर्माणको अवसरका रूपमा चित्रित गर्दै उनले मतदातालाई विकास, सुशासन र आत्मनिर्भर रामेछाप निर्माणका लागि आफ्नो पक्षमा उभिन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: