Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भीआईपीदेखि कलाकारसम्मले कहाँबाट गर्दैछन् मतदान ?

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दैछन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आ-आफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्नेछन् ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्दै छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।

पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यसपटक उनी मुलुक बाहिर भएकाले मतदान गर्ने छैनन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली समावेश छ ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौंको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्नेछन् ।

निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्नेछन् । मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नपा–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्दै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नेछन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रमा पुगेर मतदान गर्दैछन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने सचिवालयले जनाएको छ । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, नेता डा शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित परोपकार आर्दश मावि ‘क’ मतदान केन्द्र, एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र, एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गर्दै छन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्र, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्र, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्र र एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्र र नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले काठमाडौँ महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गाउँपालिका बुंकोट पुगेर मतदान गर्नेछन् ।

शताब्दी पुरुष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दासले काठमाडौँ महानगरपालिका–७ सिफलचौर मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ललितपुर महानगरपालिका–२ सानेपास्थित राजघाट मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ महानगरपालिका विशालनगरस्थित विशाल मिलन केन्द्र मतदान केन्द्र, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान मतदान केन्द्र र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौँको पद्मकन्या मावि डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्र, अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्र र अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रबाट मतदान गर्दैछन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending