काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनका क्रममा युवापुस्ता केन्द्रमा देखिए पनि जेष्ठनागरिकहरूको सक्रिय सहभागिता पनि उल्लेखनीय देखिएको छ। आफ्नो सन्ततिको भविष्य सुरक्षित बनाउन भन्दै धेरै वृद्धवृद्धा मतदान केन्द्रसम्म पुगेका दृश्यहरू भावुक बनाउने खालका थिए।
उमेरले ७०–८० वर्ष नाघेका मात्र होइनन्, सय वर्षभन्दा बढी उमेरका नागरिकहरू समेत मतदानमा सहभागी भएका छन्।
अछामको बन्निगढी जयगढ गाउँपालिका–६ दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालय मतदान केन्द्रमा १ सय ७ वर्षीया कमलादेवी शाहीले मतदान गरिन्। आफन्तहरूले उनलाई काठको कुर्सीमा डोलीझैँ बोकेर मतदान केन्द्रसम्म पुर्याएका थिए।
उदयपुरगढी नगरपालिका–६ जगरेटारका १ सय २ वर्षका अमृतबहादुर कार्कीले नेपालटार माध्यमिक विद्यालय मतदान केन्द्रबाट भोट हाले। दौरा–सुरुवाल र ढाका टोपीमा सजिएका उनलाई आफन्तले डोहोर्याउँदै मतदान केन्द्रसम्म पुर्याएका थिए।
यस्तै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी निवासी बालानन्द खतिवडाले पनि राष्ट्रिय निर्माण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालय मतदान केन्द्रमा १ सय ६ वर्षका गंगादत्त भट्टले पनि मतदान गरेका छन्।
धनगढीका जनकलाल दहालले समेत १ सय ७ वर्षको उमेरमा पञ्चोदय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।
देशका विभिन्न स्थानमा लठ्ठीको सहाराले हिँड्ने, आफन्तको सहारामा पुगेका तथा शारीरिक असहजताका बाबजुद पनि मतदान केन्द्र पुगेका जेष्ठनागरिकहरूको उत्साहले लोकतन्त्रप्रतिको आस्था झल्काएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: