लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेपछि उनीहरुको जमानत जफत भएको हो । जमानत जोगाउनेमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, एमालेका पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङ रहेको छन्। कुल ७५ हजार ४ सय ६० मत खसेकोमा दुई हजार ४५० मत बदर भएको छ । ७३ हजार १० मत सदर भएकोमा विजयी केसीले ३३ हजार ८९८ मत अर्थात् ४६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे। एमालेका गुरुङले १६ हजार ८७६ मत अर्थात् २३ दशमलव ११ प्रतिशत र कांग्रेसका गुरुङले १६ हजार ५६९ मत अर्थात् २२ दशमलव ६९ प्रतिशत मत प्राप्त गरे।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिजङ तामाङले तीन हजार ३७१ मत अर्थात् ४ दशमलव ६१ प्रतिशत मत प्राप्त गर्दा जमानत जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केविन्द्रजङ गुरुङले एक हजार मत अर्थात् १ दशमलव ३६ प्रतिशत मत पाउँदा जमानत गुमाए। बाँकी सात जनाले १ प्रतिशत मत समेत ल्याउन सकेनन् ।
श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले ५६५ मत, मंगोल नेश्नल अर्गनाइजेजनका विकास गुरुङले ३५१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रविन्द्र नखोलाले १४४ मत, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १३० मत, जनादेश पार्टीका मिलन वास्कोटाले ५३, नेश्नल रिपब्लिक नेपालका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत प्राप्त गरे। १० प्रतिशत मत ल्याउन नसकेका नौ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी यादवराज आचार्यले जानकारी दिए। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता नपाउने उनले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्छ । महिला, दलित वा अल्पसङ्ख्यक तथा आर्थिक रुपले विपन्नको हकमा ५० प्रतिशत छुटको व्यवस्था छ । लमजुङमा कुल मतदाता एक लाख ३७ हजार १२४ मतदाता रहेकोमा ७५ हजार ४६० मत अर्थात् ५५ दशमलव ०३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लमजुङमा मतदानका लागि १३० मतदान स्थलको एउटा अस्थायीसहित १९३ मतदान केन्द्र कायम गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - १५:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ। ...
चैत्र २७ गते, २०८२ - १४:२६
काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...
चैत्र २७ गते, २०८२ - १४:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...
चैत्र २७ गते, २०८२ - १४:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...
चैत्र २७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...
चैत्र २७ गते, २०८२ - १३:२९
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...
चैत्र २७ गते, २०८२ - १३:१०
इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...
चैत्र २७ गते, २०८२ - १३:०२
न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...
चैत्र २७ गते, २०८२ - १२:४७
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...
चैत्र २७ गते, २०८२ - १२:१०
इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...


प्रतिकृया लेख्नुहोस्: