Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

खबरडबली संवाददाता

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटीबापतको रकम जफत हुने प्रावधान रहेकाले ठुला दलका प्रभावशाली उम्मेदवार समेत यसको चपेटामा परेका हुन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा ९एमाले० बाट चुनावी मैदानमा उत्रनुभएकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहिसकेकी न्यौपानेले पाँच हजार ८३० मत मात्र प्राप्त गर्नुभएपछि उनको धरौटी रकम राज्यकोषमा जम्मा भएको हो । यस क्षेत्रमा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९ मत सदर भएको थियो । जमानत जोगाउन आवश्यक पर्ने न्यूनतम १० प्रतिशत अर्थात् ६ हजार ५४२ मत पुर्‍याउन नसक्दा न्यौपानेसहित १५ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १६ जनामध्ये निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का डा। स्वर्णिम वाग्ले र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले मात्र धरौटीबापतको रकम फिर्ता पाउने भएको छ । निर्वाचित वाग्लेले ३८ हजार ४० र भट्टराईले १६ हजार २३१ मत प्राप्त गरी दोस्रो भए। यस क्षेत्रमा उम्मेदवारी दिएका राप्रपाका रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीकी रामलक्ष्मी दुवाल, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलगायत १५ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।

त्यसैगरी तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका ११ जनामध्ये ८ जनाको जमानत जफत भएको छ । यस क्षेत्रमा रास्वपाका इन्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएको थिए। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका शङ्कर भण्डारी र तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का केदार सिग्देलले मात्र आफ्नो जमानत जोगाउन सफल भएको छन् ।

निर्वाचित हुनु भएका न्यौपानेले ३२ हजार ६८७, भण्डारीले १४ हजार १३५ र सिग्देलले ११ हजार ६६८ मत प्राप्त गरेको थिए । यस क्षेत्रमा राप्रपाका यामबहादुर खाँड ठकुरी, मङ्गोल नेसनल अर्गनाइजेसनकी सुष्मा आले र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० का गणेश लामगादे लगायत अन्य ८ जना उम्मेदवारले १० प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा उनीहरूको धरौटी रकम जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने र महिला, दलित वा अल्पसङ्ख्यकको हकमा ५० प्रतिशत छुट हुने व्यवस्था भए तापनि आवश्यक मत प्राप्त नभएपछि ती सबै रकम सरकारी खातामा जम्मा हुने भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीका नेता, कार्यकर्ता, सांसदहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ। ...

नयाँ मन्त्रीको शपथ आजै हुने

काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्दै, यी दुई नयाँ मन्त्री सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...

रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...

१ यात्रुको बिदाइमा बढीमा ३ जनामात्रै आउन त्रिभुवन विमानस्थलको आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...

श्रम स्वीकृतिका नाममा भ्रम फैलाउने संस्थामाथि कारबाहीको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...

कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...

स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending