Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

खबरडबली संवाददाता

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्।

बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य तथा बहालवाला सदस्यहरूबीच आयोजित परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा कांग्रेस, नेकपा ९एमाले०, अन्य कम्युनिष्ट दल तथा मधेस केन्द्रित दलहरूका लागि केही हदसम्म अप्रत्याशित देखिएको बताए।

सिटौलाले भने, “यो परिणाम मलाई अप्रत्याशित लाग्यो। तथापि यसबारे पार्टीभित्र थप छलफल गर्न बाँकी छ। पुराना दलहरूको हैसियत झण्डै उस्तै उस्तै देखिएको छ। कांग्रेस, एमाले, कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरू सबैका लागि यो परिणाम केही अप्रत्याशित जस्तो देखिन्छ।”

उनका अनुसार निर्वाचन परिणामले पुराना दलहरूको राजनीतिक हैसियत लगभग उस्तै देखाएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने उनले बताए।

बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले पुराना दलहरूको भूमिकामा पनि परिवर्तन आउन सक्ने उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीका नेता, कार्यकर्ता, सांसदहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ। ...

नयाँ मन्त्रीको शपथ आजै हुने

काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...

प्रधानमन्त्री शाहले मन्त्रिपरिषद विस्तार गर्दै, यी दुई नयाँ मन्त्री सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...

रूबी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...

१ यात्रुको बिदाइमा बढीमा ३ जनामात्रै आउन त्रिभुवन विमानस्थलको आग्रह

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...

श्रम स्वीकृतिका नाममा भ्रम फैलाउने संस्थामाथि कारबाहीको चेतावनी

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...

कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर

इनरुवा। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गरेको छन् । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले...

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण ...

स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छन् । ...

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending