Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्।

पार्टीमा आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाइने स्पष्ट पार्नुभएको हो। उहाँले पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको भन्दै प्रत्येक सांसद अनुशासनमा बस्नुपर्नेमा जोड दिए।

‘सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला वा अल्पमतमा पर्ला भन्ने भ्रम फैलाउने प्रवृत्तिलाई रोक्दै रास्वपाले आफ्नो विधानमा व्यवस्था गरेको “राइट टु रिकल” यसपटक कडाइका साथ लागू गर्नेछ,’ सभापति लामिछानेले बताए।

रास्वपा विधानको दफा ६९ अनुसार, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था छ। विधानअनुसार, पार्टीका साधारण सदस्यहरूले आफ्नो जनप्रतिनिधिले चित्तबुझ्दो काम नगरे फिर्ता बोलाउन सक्नेछन्। सम्बन्धित क्षेत्रका साधारण सदस्यहरूले निश्चित संख्या वा प्रतिशतको निर्णय गरेपछि केन्द्रीय समितिले प्रक्रिया सुरु गर्नेछ। समानुपातिक जनप्रतिनिधि पार्टीहित विपरीत काम गरेमा वा कार्यसम्पादन मूल्याङ्कनमा आधारित भएर पनि केन्द्रीय समितिले फिर्ता बोलाउने प्रक्रिया अघि बढाउन सक्नेछ।

सभापति लामिछानेले सांसदहरूको व्यक्तिगत स्वतन्त्रता सम्मान गर्ने तर अनुशासन कायम राख्ने कुरामा पनि जोड दिए। ‘यसपटक परिवार ठूलो छ, अनुशासन भएन भने अराजकता हुनेछ,’ उनले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

लेखा समिति सभापतिमा कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ। कांग्...

रास्वपाले सांसद र मन्त्रीका लागि लेबी तोक्यो, मासिक १६ हजार ५ सयदेखि १८ हजारसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद र मन्त्रीहरूका लागि मासिक लेबी (पार्टी शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको सं...

सिंहदरबारमा प्रतिपक्षी दलको संयुक्त बैठक: लेखा समितिसभापतिमा साझा उम्मेदवारको खोजी

काठमाडौँ। सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापति चयनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका विपक्षी दलहरू साझा उम्मेदवार तय गर्न जुटे...

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ले प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति पद नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। सिं...

रास्वपाले संसदीय समितिका सभापतिका लागि नाम टुंग्यायो, सुचीसहित

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिहरूका सभापतिहरूका लागि उम्मेदवारको नाम टुंग्याएको छ...

रास्वपाले मुख्य सचेतक र सचेतक टुंग्यायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतकहरू टुंग्याएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य ...

विपक्षी दलहरूको संयुक्त बैठक सुरु, संसदीय समिति सभापति उम्मेदवारीबारे छलफल

काठमाडौं । संसदीय समितिका सभापतिहरूको उम्मेदवारीबारे रणनीति तय गर्न विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। बैठकमा नेपाली कांग्रेस, एमाले र नेकपा लग...

रास्वपाको संसदीय दल बैठक सुरु, समितिका सभापतिका उम्मेदवार टुंग्याउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी बैठकमा संसदीय समितिहरूका स...

लागु औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् । काठमाड...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending