जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले प्रधानमन्त्री कार्कीलाई हिन्दू परम्परा अनुसार नियमनिष्ठापूर्वक जानकी मन्दिरमा पूजाअर्चनाका साथै आरती गराएको थिए ।
सो क्रममा महन्थ दासले प्रधानमन्त्री कार्कीलाई फूलको माला र माता जानकीलाई चढाइएको चुनरी ओढाएर सम्मान गरेको थिइन्। पूजाअर्चनाका क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा रहेको र नित्य दिन पूजा हुँदै आएको सवा लाख शालिग्राम भगवान्को समेत दर्शन गरेको थिइन् ।
त्यसैगरी प्रधानमन्त्री कार्की जानकी मन्दिरमा हुँदै आएको सीताराम अखण्ड कीर्तनमा सहभागी हुँदै केही बेर सीतारामको जापसमेत गरेको थिइन् ।
११ बजेर ४० मिनेटमा मन्दिर प्रवेश गरेकी प्रधानमन्त्री कार्कीले करिब १५ मिनेट जति मन्दिरमा पूजाअर्चना गरेको थिइन्। पूजापश्चात् मन्दिरबाट फर्किने क्रममा प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू राजनीतिक व्यक्ति नभएकाले आजको यात्रा धार्मिक भएको बताइन्।
उनले जनकपुरधाम आएर जानकी माताको दर्शन गरेपछि आफूले धर्म गरेको अनुभूति भएको र आफू निकै खुसी भएको बताए। नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुरधाम आएकी प्रधानमन्त्री कार्कीले जनकपुर विमानस्थलमा सुरक्षा अधिकारीहरूसँग छोटो अन्तर्क्रियापश्चात् जानकी मन्दिर पुगेको थिए ।
जनकपुर विमानस्थलमा प्रधानमन्त्री कार्कीलाई मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोसहित धनुषाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेको थिइन्। जानकी मन्दिरमा पूजाअर्चनापश्चात् प्रधानमन्त्री कार्की महोत्तरीको गौशाला गएको छिन् । प्रधानमन्त्री कार्कीले महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १२:५५
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भ...
श्रावण १९ गते, २०८३ - १०:५९
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस अनियन्त्रित भई उखुबारीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना ...
श्रावण १९ गते, २०८३ - १०:४३
सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र ब...
श्रावण १९ गते, २०८३ - १०:२९
मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...



प्रतिकृया लेख्नुहोस्: