Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

खबरडबली संवाददाता

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

प्रवक्ता सुरेश न्यौपानेका अनुसार साविकको घुस र रिसवत भ्रष्टाचार मुद्दा (द्दा नं. ०८२/००२७० मा वादी नेपाल सरकारका तर्फबाट साक्षी रहेका सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० का घर्तीले अदालतमा पुगेर बयान फेरेपछि आयोगले निजविरुद्ध नै मुद्दा चलाएको हो।

वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको सोही मुद्दामा घर्तीले अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेका थिए। 

सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई कार्कीलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो। 

तर, २०८२ माघ २२ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा घर्तीले अनुसन्धानको क्रममा दिएको बयान र मिसिल संलग्न प्रमाणको विपरीत हुने गरी बयान दिएको आयोगले जनाएको छ।

आयोगका अनुसार घर्ती प्रोपाइटर रहेको देउतीबज्यै कन्स्ट्रक्सनले डुङ्गेश्वर गाउँपालिका, दैलेखअन्तर्गतका विभिन्न वडामा सडक स्तरोन्नति योजनाको कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीको प्रक्रिया सहजीकरणका लागि वरिष्ठ लेखा अधिकृत कार्कीलाई एक लाख रुपियाँ घूस दिएको पुष्टि भएको छ।

सरकारी साक्षीले अदालतमा बकपत्र गर्दा सत्य तथ्य लुकाएको र कसुर पुष्टि हुने प्रमाणको प्रतिकूल बयान दिएकाले निजलाई नै प्रतिवादी कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 

घर्तीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (घ)बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबीसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीको उखुबारीमा विद्यालय बस खस्यो, पाँच विद्यार्थीसहित ६ जना घाइते

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस अनियन्त्रित भई उखुबारीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना ...

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र ब...

बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र

मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending