बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जनाको उपचार चलिरहेको छ । बुर्तिवाङ अस्पतालबाट धौलागिरि प्रादेशिक अस्पताल र पोखरामा रिफर गरिएका पाँच बिरामीमध्ये चार जना सफल उपचारपछि घर फर्किएका छन् ।
‘‘सामान्य लक्षणदेखि जटिल समस्याहरू देखिएका बिरामीहरू सफल उपचारपछि घर फर्किएका छन्’’ घिमिरेले भने । केही बिरामीहरूमा पखाला लाग्ने, निमोनिया, पेट दुखाइ तथा नाकबाट रगत बग्नेजस्ता जटिलता देखिए पनि सतर्कता अपनाउँदै समयमै उपचारको व्यवस्था गर्दा बिरामीले ज्यान गुमाउन नपरेको घिमिरले बताए।
विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा ७ बोबाङ, वडा ८ सेराबाङ र वडा नं। ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार थालिएको थियो ।
विशेषगरी अत्यधिक ज्वरो, शरीरमा बिबिरा आउनेजस्तो समस्या बालबालिकामा भए पनि अभिभावकमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र सङ्घीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठनको टोली ढोरपाटनका गाउँ–गाउँमा पुगेर बालबालिका र अभिभावकहरूको उपचारमा साथ दिएको थियो ।
झण्डै तीन सातासम्म दादुराको सङ्क्रमण फैलिँदा ढोरपाटनका १ सय ४१ जना ६ महिने शिशुदेखि ४८ वर्ष उमेर समूहमा दादुरा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीलाई दादुराविरुद्वको खोप लगाइएको घिमिरेले जानकारी दिए।
विशेष स्वास्थ्य सतर्कता अपनाएर दादुरा प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन सुरु भएको छ । विद्यालयमा आउने बालबालिकालाई मास्क लगाउने, सरसफाइमा ध्यान दिने, बिरामीको उपचार र दादुराविरुद्वको खोप लगाएपछि पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिए ।
अहिले विश्व स्वास्थ्य सङ्गठनको टोलीले समुदायमा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जनप्रतिनिधिहरूको बैठकले प्रकोप व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, शङ्कास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १५:३३
काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...
बैशाख ८ गते, २०८३ - १५:३३
काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...
बैशाख ८ गते, २०८३ - १५:१८
काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...
बैशाख ८ गते, २०८३ - १५:०४
सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...
बैशाख ८ गते, २०८३ - १४:३९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको नि...
बैशाख ८ गते, २०८३ - १४:२३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...
बैशाख ८ गते, २०८३ - १४:०५
काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...
बैशाख ८ गते, २०८३ - १३:५४
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...
बैशाख ८ गते, २०८३ - १३:४७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...
बैशाख ८ गते, २०८३ - १३:३६
काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...


प्रतिकृया लेख्नुहोस्: