विर्तामोड। झापाको कनकाई नगरपालिका–३ स्थित चर्चित पर्यटकिय स्थल हेप्पील्याण्ड सेल्फी डाँडामा भएको झडपमा ५ जना घाइते भएका छन् भने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिवार बेलुकाको समयमा डिजे बजाएर नाच्ने क्रममा दुई पक्षीय युवाबीच विवाद बढ्दै झडपमा परिणत भएको प्रहरीले जनाएको छ।
झडपमा धारिलो हतियार समेत प्रयोग भएको र झापा गाउँपालिका–५ का १८ वर्षीय मारारुल आलम, १८ वर्षीय अन्सारुल अली, २४ वर्षीय समान सेख, २० वर्षीय फिरोज अली र २० वर्षीय तामेजल खान घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विर्तामोडस्थित विर्तासिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ।
झडपमा संलग्न झापा बाह्रदशी गाउँपालिका–४ का १९ वर्षीय साहिद खान, १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १२:५५
इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भ...
श्रावण १९ गते, २०८३ - १०:५९
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस अनियन्त्रित भई उखुबारीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना ...
श्रावण १९ गते, २०८३ - १०:४३
सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र ब...
श्रावण १९ गते, २०८३ - १०:२९
मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...



प्रतिकृया लेख्नुहोस्: