Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था, तीन दिनअघि जानकारी दिनुपर्ने

खबरडबली संवाददाता

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अब नेपाली भाषासँगै आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने भएका छन्। यसका लागि सांसदहरूले आफूले कुन भाषामा शपथ लिने हो भन्नेबारे कम्तीमा तीन दिनअघि संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले बताएका छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम चैत १२ गते तय गरिएको छ। त्यसअघि, जेष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनेछन्। जेष्ठ सदस्यले नै त्यसपछि अन्य सबै सदस्यहरूलाई शपथ गराउनेछन्।

शपथ सम्बन्धी ऐन, २०७९ को दफा ५ अनुसार सामान्यत: शपथ सरकारी कामकाजको भाषा नेपालीमै लिनुपर्ने व्यवस्था छ। तर, सोही ऐनले सार्वजनिक पदधारण गर्ने व्यक्तिलाई आफ्नो मातृभाषामा पनि शपथ लिन सक्ने सुविधा दिएको छ।

मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको निर्धारित पाठलाई आफ्नो भाषामा अनुवाद गरी आफैंले प्रमाणित गरेर शपथ लिनुअघि सम्बन्धित पदाधिकारीसमक्ष पेश गर्नुपर्ने प्रावधान छ। साथै, शपथ लिँदा नेपालीमा भए दुई प्रति र मातृभाषामा भए सो भाषाको पनि दुई प्रति हस्ताक्षरित कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, शपथका क्रममा सांसदहरूले औपचारिक पोशाक लगाउनुपर्नेछ। ऐनको दफा ४ अनुसार सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने भए पनि आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा लगाएर शपथ लिन सकिने प्रावधान पनि रहेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ प्रधानमन्त्रीले शपथ लिएकै दिन कार्कीले बालुवाटार छाड्ने

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...

धनुषाको बस्ती नजिकै चितुवा देखिएपछि स्थानीय त्रसित

ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...

मुलुकमा सुशासन कायम गर्न सरकारसँग सहकार्य गर्छौँ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...

मैले कुनै हतारोमा राजीनामा दिएको होइन, अस्वीकार गर्ने विषय स्वीकार छ: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आफ्नो राजीनामा हतार वा हतासमा नभई विधानअनुसार पेश गरिएको प्रष्ट पारेका छन्। मंगलबार पार्टी के...

सभापति थापाले दिए रास्वपालाई शुभकामना, भने- सरकारको बढी ताकत हुँदा प्रतिपक्षको झनै ठूलो भूमिका हुन्छ

२०४६ पछिका सबै सरकार र सार्वजनिक भूमिकामा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्छ

बालेन नेतृत्वको नयाँ सरकार: मन्त्रिपरिषद् गठन अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ। पार्...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु

बोगोटा। कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार र...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि ५ एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका ल...

भिरबाट लडेर बालिकाको मृत्यु

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। इन्द्रसरोवर-३, जातीपोखरी बस्ने नौ वर्षीया ल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: