काठमाडौं । नवनिर्वाचित सांसद महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा रूपमा अघि बढ्नुपर्ने बताएका छन्।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भ्रष्टाचारीहरूलाई नियमअनुसार कारबाही गरी कहिल्यै उठ्न नसक्ने अवस्थामा पुर्याउनुपर्ने उल्लेख गरेका छन्। उनले यदि विद्यमान नियम कानुनी रूपमा बाधक बने तत्काल नयाँ नियम निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारलाई लक्षित गर्दै यस्तो सुझाव दिएका हुन्। उनका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसके जनतामाथि ठूलो धोका हुनेछ र सम्बन्धित राजनीतिक शक्ति दीर्घकालमा कमजोर बन्न सक्छ।
पुनले सरकार गठन भएको तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। साथै, भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १३:३९
काठमाडौं। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई नियन्त्रण गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरे...
श्रावण २० गते, २०८३ - १३:३३
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रशासन, शिक्षा, पूर्वाधार, कृषि तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्ण...
श्रावण २० गते, २०८३ - १३:२२
काठमाडौं। सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका ...
श्रावण २० गते, २०८३ - १३:००
बनेपा। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरिएको छ। सङ्क्षिप्त सूची ...
श्रावण २० गते, २०८३ - १२:४९
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि ...
श्रावण २० गते, २०८३ - १२:४१
काठमाडौं। भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आज खोल्ने भएको छ। समाज कल्याण परिषद्ले पुस्तकालय व्यवस्थापनलाई ...
श्रावण २० गते, २०८३ - १२:२९
काठमाडौँ । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त भएको छन् । नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मे...
श्रावण १९ गते, २०८३ - १७:५७
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...
श्रावण १९ गते, २०८३ - १७:४५
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
श्रावण १९ गते, २०८३ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...



प्रतिकृया लेख्नुहोस्: