काठमाडौँ । रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ अवस्थामा रहेको छ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा सोमबारदेखि सुरु भएको सुनुवाइ मंगलबार पनि जारी राखिएको हो। सोमबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी ले बहस गरेका थिए।
आज पनि निवेदक पक्षबाट थप बहस हुने र महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो निर्णयबारे अदालतमा जवाफ दिने कार्यक्रम छ।
यसअघि न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले लामिछानेसम्बन्धी मुद्दा संशोधन गरिएको निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। सो आदेशअनुसार महान्यायाधिवक्ताको कार्यालयले आइतबार उक्त फाइल सर्वोच्च अदालतमा पेस गरेपछि पुन: सुनुवाइ अघि बढाइएको हो।
महान्यायाधिवक्ता बरालले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पनि समावेश गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफल र आयुष वडालले रिट निवेदन दायर गरेका हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १०:५९
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस अनियन्त्रित भई उखुबारीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जना ...
श्रावण १९ गते, २०८३ - १०:४३
सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र ब...
श्रावण १९ गते, २०८३ - १०:२९
मकवानपुरगढी। बागमती प्रदेशको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरणको बहस तीव्र बनेको छ । एमाले–नेकपा ९माओवादी केन्द्र० गठबन्धनले मुख्यमन्त्री इन्द्रबहादुर ...
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...



प्रतिकृया लेख्नुहोस्: