काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आधिकारिकता सम्बन्धी विवाद समाधान नभएसम्म नियमित महाधिवेशन नगर्न शेर बहादुर देउवा पक्षले आग्रह गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन देउवा पक्षका नेता श्याम कुमार घिमिरेले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै नेता घिमिरेले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम फैसला नआएसम्म नियमित महाधिवेशनमा जान नहुने बताए।
उनले अदालतको निर्णयपछि जुन पक्षले आधिकारिकता पाउँछ, त्यसैको नेतृत्वमा महाधिवेशन सम्पन्न गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने सुझाव दिए। साथै, पार्टीका दुवै पक्षबीच एकता अपरिहार्य रहेको पनि उनको भनाइ थियो।
घिमिरेले सर्वोच्च अदालतलाई छिटो फैसला गर्न आग्रह गर्दै ढिलाइले अन्योल बढाएको टिप्पणी गरे। उनले विगतका केही संवैधानिक मुद्दाहरू लामो समयसम्म अल्झिएको उदाहरण दिँदै समयमै निर्णय नआए सर्वोच्चप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिए।
उनले भने, “सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्छ। अन्योलमा राख्नु हुँदैन। फैसला आएपछि जसको पक्षमा निर्णय हुन्छ, त्यसलाई स्वीकार गरेर त्यही नेतृत्वमा महाधिवेशन गर्नुपर्छ।”
घिमिरेले सर्वोच्च अदालतले जनविश्वास कायम राख्न पनि उक्त मुद्दामा शीघ्र निर्णय गर्नुपर्नेमा जोड दिए। साथै, देउवालाई बेवास्ता गर्दै अघि बढ्दा विगतमा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोपसमेत उनले लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १३:३९
काठमाडौं। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावलाई नियन्त्रण गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरे...
श्रावण २० गते, २०८३ - १३:३३
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रशासन, शिक्षा, पूर्वाधार, कृषि तथा सामाजिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्ण...
श्रावण २० गते, २०८३ - १३:२२
काठमाडौं। सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका ...
श्रावण २० गते, २०८३ - १३:००
बनेपा। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरिएको छ। सङ्क्षिप्त सूची ...
श्रावण २० गते, २०८३ - १२:४९
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि ...
श्रावण २० गते, २०८३ - १२:४१
काठमाडौं। भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयमा लगाइएको ताला सरकारले आज खोल्ने भएको छ। समाज कल्याण परिषद्ले पुस्तकालय व्यवस्थापनलाई ...
श्रावण २० गते, २०८३ - १२:२९
काठमाडौँ । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा कादिर आलम नियुक्त भएको छन् । नवनियुक्त अध्यक्ष आलमले आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मे...
श्रावण १९ गते, २०८३ - १७:५७
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...
श्रावण १९ गते, २०८३ - १७:४५
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
श्रावण १९ गते, २०८३ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...



प्रतिकृया लेख्नुहोस्: