Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सर्वोच्चमा मुद्दा विचाराधीन, तर रवि लामिछानेलाई शपथ गराउने तयारी

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछाने विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहे पनि प्रतिनिधिसभा सदस्यका रूपमा शपथ गराउने विषयमा संसद सचिवालयले कुनै अन्योल नरहेको जनाएको छ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ जारी छ। बिहीबार पनि फैसला नहुँदा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र अर्को पेसी तोकिएको छ।

यसैबीच प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको तयारी भइरहेको छ। निर्वाचन आयोगबाट प्राप्त निर्वाचित सदस्यहरूको नामावलीमा लामिछानेको नाम समावेश भएकाले शपथ गराउने विषयमा कुनै कानुनी अवरोध नआएको संसद सचिवालयको भनाइ छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “निर्वाचन आयोगको सूचीमा नाम समावेश छ र शपथ नगराउन कुनै निकायबाट आदेश आएको छैन। त्यसैले शपथ गराउने प्रक्रिया अघि बढ्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले पनि मुद्दा विचाराधीन अवस्थालाई शपथमा बाधक मान्न नमिल्ने बताएका छन्। उनका अनुसार, दोष ठहर नभएसम्म निर्वाचित सदस्यलाई पदग्रहणबाट रोक्ने आधार हुँदैन।

तर केही कानुनविद्हरूले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा विचाराधीन व्यक्तिको पदस्थिति स्वतः निलम्बित हुने प्रावधानतर्फ ध्यानाकर्षण गराएका छन्। उनीहरूका अनुसार शपथ गराउने निर्णयले पछि कानुनी विवाद निम्त्याउन सक्ने सम्भावना रहन्छ।

प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुन बाँकी रहेकाले ज्येष्ठ सदस्यले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तयारी छ। हाल निर्वाचित सदस्यहरूमध्ये ज्येष्ठ रहेका अर्जुुन नरसिंह केसीले शपथ गराउने कार्यक्रम तय गरिएको छ।

सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म लामिछानेको शपथप्रकरण कानुनी र राजनीतिक दुवै रूपमा चासोको विषय बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लन्डन जाँदै गरेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या

काठमाडौं । भारतको नयाँ दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक खराबीका कारण करिब सात घण्टाको उडानपछि पुनः दिल्ली फर्किएको छ ।  ‘फ्ल...

रास्वपाको झण्डै दुई तिहाइ पहिलोपटक होइन : ओली

काठमाडौं । केपी शर्मा ओलीले राजनीतिक उतारचढावलाई स्वाभाविक प्रक्रिया भन्दै त्यसबाट निराश नहुन आग्रह गरेका छन्। पार्टी कार्यालयमा आयोजित छलफल कार्यक...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending