काठमाडौँ। झापाको दमक नगरपालिका–१० स्थित दमक एग्रिकल्चर फार्म प्रालिमा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ। संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईका अनुसार प्रभावित फार्म वरपर २० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सो क्षेत्रमा विज्ञ पशु प्राविधिकबाहेक अन्य व्यक्तिको आवतजावतमा रोक लगाइएको छ।
संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा तथा पन्छीजन्य सामग्रीको ओसारपसार पूर्ण रूपमा बन्द गरिएको छ। फार्ममा करिब २० हजार कुखुरा रहेकोमा अस्वाभाविक रूपमा मर्न थालेपछि नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको सञ्चालक देवेन्द्र प्रसाईले जानकारी दिए।
हाल प्रभावित फार्मका २० हजार र नजिकैको अर्को फार्मका ५ हजार गरी करिब २५ हजार कुखुरा नष्ट गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको छ। शंकास्पद तथा मृत कुखुराको थप नमुना परीक्षण पनि जारी रहेको छ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सम्बन्धित निकायसँग समन्वय गरी संक्रमित कुखुरा नष्ट गर्ने तथा नियन्त्रणका उपाय कार्यान्वयन भइरहेको बताए। सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख सितल भट्टराईका अनुसार तीन वटा द्रुत प्रतिक्रिया टोली परिचालन गरी खाडल खनेर कुखुरा, दाना र अण्डा सुरक्षित रूपमा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ।
प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएसँगै फार्मबाट कुखुरा र अण्डा बिक्री तत्काल रोकिएको थियो।
घटनापछि स्थानीय बजारमा कुखुरा तथा अण्डाको बिक्री घटेको व्यवसायीहरूले बताएका छन्। विज्ञहरूका अनुसार कुखुराजन्य परिकार राम्ररी पकाएर सेवन गर्दा मानिसमा संक्रमणको जोखिम न्यून हुने बताइएको छ।
कुखुरा उत्पादक भरत चम्लागाईले यस क्षेत्रमा ठूलो लगानी रहेकाले अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: