Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

बाँके बैजनाथमा ८१६ जनाको कानको उपचार

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ ।

ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्ज बाँकेको आयोजना र बैजनाथ गाउँपालिकाको समन्वयमा पालिकाका सबै वडामा नि:शुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरेर उनिहरुको उपचार गरिएको हो ।

सो शिविरमा ८१६ जनाको कान चेकजाँच र उपचार गरिएको जनाउँदै ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका आउटरिच इन्जार्च भीषण कुमार थारुले त्यसमा कान पाक्ने समस्या भएका १२७, काने गुजी १०२ जना र ३५ जना गरेर २६४ जनाको कानको शल्यक्रिया गर्नुपर्ने देखिएकोले शल्यक्रिया गरिने बताए।

उनले बाँकेका ग्रामीण क्षेत्रमा कानको उपचार र हेरचाहमा त्यति धेरै ध्यान नदिइने हुँदा सो समस्याले धेरै जना ग्रसित रहेको पाइएको बताए।  

ईन्चार्ज थारुका अनुसार ग्रामीण क्षेत्रमा कान स्वास्थ्यबारे सचेतना फैलाउन र उपचारको पहुँचमा ल्याउन स्थानीय सरकारसँगको समन्वयमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले नि:शुल्क शिविर गर्दै आएको छ ।

जटिल समस्या भएका बिरामीको पहिचान गरेर उनीहरुलाई विशेष छुटको व्यवस्था गरेर केन्द्रमै शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रका प्रमुख चेतनारायण चौधरीले बताए।

बैजनाथमा आयोजना गरिएको शिविरमा कान सहायक चिकित्सक समेत रहनुभएका आउटरिच इन्चार्ज भीषण कुमार थारु, दामोदर चौधरी, सीता चौधरी र तिर्थमान थारुले बिरामीको कान चेकजाँच र उपचार गरेको थिए ।

जिल्लाका ग्रामीण क्षेत्रका पालिकाहरुमा अझैपनि धेरै ठाउँमा निशुल्क  शिविरको आयोजना गरेर कानको उपचार र चेकजाँच गराउनु पर्नेमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले विशेष जोड दिएको छ ।

केन्द्रका प्रमख चौधरीले स्थानीय सरकारले चाहेमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा केन्द्रले समन्वय र सहकार्य गरेर शिविर सञ्चालन गर्न तयार रहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

वालिङमा जिप दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...

रास्वपा महाधिवेशन: ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  झण्डै एक ...

रास्वपा पदाधिकारी निर्वाचन जारी, ९८५ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending