Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

रवि लामिछानेको शपथमा अन्योल: कानुनी व्याख्यामा मतभेद, अब के हुन्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार शपथ लिने तयारी भइरहँदा रवि लामिछाने को शपथ हुने वा नहुने विषयमा व्यापक चासो देखिएको छ।

यस विषयमा संघीय संसद् सचिवालयभित्र आन्तरिक छलफलसमेत भएको छ। सचिवालयका अधिकारीहरूका अनुसार सांसद हुनु र निलम्बनमा पर्नु फरक–फरक अवस्था भएकाले निर्वाचित सदस्यले शपथ लिन पाउने निष्कर्ष निकालिएको छ।

एक अधिकारीका अनुसार, यदि कुनै व्यक्ति सांसद पदको उम्मेदवार हुन अयोग्य भएको भए त्यो विषय निर्वाचन आयोगले नै हेरिसकेको हुने थियो। तर कानुनले रोक नलगाएका कारण लामिछाने उम्मेदवार बनेर चितवन–२ बाट निर्वाचित भएका हुन्। आयोगले निर्वाचित सदस्यहरूको सूची पठाइसकेको अवस्थामा सबैले शपथ लिन पाउने उनीहरूको भनाइ छ।

उनले भने, “शपथ लिएपछि मात्रै निलम्बनको अवस्था लागू हुने हो। सांसद नै नभई निलम्बनको प्रश्न उठ्दैन। त्यसैले रवि लामिछानेको हकमा शपथ लिन पाउने विषयमा अन्योल छैन।”

तर अर्कोतर्फ, महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले भने फरक धारणा राखेका छन्। उनीहरूका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्न मिल्दैन।

एक अधिकारीले भने, “निलम्बन सार्वजनिक पदमा रहेकै अवस्थामा लागु हुने हो। तर यस्तो अभियोग लागेका व्यक्तिले सार्वजनिक पद धारण गर्नै नमिल्ने भएकाले शपथ लिन पनि मिल्दैन।”

लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ७ पुस २०८१ मा सम्पत्ति शुद्धीकरण, संगठित अपराध तथा सहकारी ठगीसम्बन्धी तीनवटा मुद्दा दायर गरेको थियो। त्यसको भोलिपल्ट ८ पुसमा संघीय संसद् सचिवालयले उनलाई निलम्बनमा परेको सूचना जारी गरेको थियो।

सम्पत्ति शुद्धीकरण मुद्दा अझै विचाराधीन अवस्थामा रहेकाले उनी शपथ लिन पाउने वा नपाउने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट पुन: निर्वाचित भएका हुन्। यसअघि २०७९ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका उनी नागरिकता विवादका कारण पदमुक्त भएका थिए। त्यसपछि २०८० सालको उपनिर्वाचनमा पुन: विजयी भएका थिए।

हाल देखिएको कानुनी व्याख्याको मतभेदले उनको शपथ प्रक्रियालाई थप जटिल बनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

वालिङमा जिप दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...

रास्वपा महाधिवेशन: ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  झण्डै एक ...

रास्वपा पदाधिकारी निर्वाचन जारी, ९८५ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending