काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तयार पारिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेको छ।
बारले आयोगले आफ्नो अधिकार क्षेत्र नाघ्दै न्यायालयसम्बन्धी विषयहरू प्रतिवेदनमा समेटेको भन्दै आपत्ति जनाएको हो। यस्तो प्रस्तुतीले न्याय प्रणाली र कानुन व्यवसायप्रति नकारात्मक सन्देश जाने बारको ठहर छ।
यस विषयमा छलफल गर्न आज दिउँसो साढे एक बजे सल्लाहकार समिति बैठक बोलाइएको छ। बारका महासचिव केदारप्रसाद कोईरालाका अनुसार प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा भ्रम र अविश्वास सिर्जना गर्न सक्ने भएकाले गम्भीर छलफल आवश्यक रहेको बताएका छन्।
प्रतिवेदनमा सर्वसाधारण नागरिकको न्यायमा पहुँच कमजोर रहेको, आर्थिक हैसियत नहुनेका लागि न्याय प्राप्ति कठिन भएको तथा वकिलको शुल्क अत्यधिक महँगो भएको उल्लेख गरिएको छ। सामान्य निवेदन तयार पार्न समेत ठूलो रकम लिने प्रवृत्तिको आलोचना गरिएको छ।
यस्तै, न्याय प्रणालीलाई ‘वकिलको स्वर्ग’ बन्न नदिन आवश्यक सुधार गर्नुपर्ने, शुल्क प्रणालीलाई व्यवस्थित गर्नुपर्ने र कानुनी सेवामा देखिएका विकृति हटाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा समावेश छन्।
यस विषयमा थप निर्णय लिन बारको संवैधानिक समितिको बैठकसमेत बस्ने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...
चैत्र १२ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजको प्रतिनिधिसभा सदस्य पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्...
चैत्र १२ गते, २०८२ - १४:०६
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएक...


प्रतिकृया लेख्नुहोस्: