Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

खबरडबली संवाददाता

पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छन् । इजरायल र इरानबिच प्रत्यक्ष आक्रमण आदानप्रदानसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शक्तिको भूमिकाले युद्धको दिशा अझ अनिश्चित बनाएको छ ।

इजरायली सेनाले बिहीबार इरानका विभिन्न स्थान, विशेषत: इस्फहान जस्ता केन्द्रीय सहरमा आक्रमणको लहर चलाएको जनाएको छ । यसको जवाफमा इरानले प्रक्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो । यस क्रममा काफ्र कासेम क्षेत्रमा दुई जना सामान्य घाइते भएको चिकित्सकहरूले बताएका छन् ।

युद्धको उद्देश्यबारे पनि नयाँ बहस सुरु भएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमार्फत स्ट्रेट अफ होर्मुज पुन: खोल्ने विषय युद्धको केन्द्रमा सरेको सङ्केत गर्नु भएको छ । सो जलमार्ग बन्द हुनु अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा ठुलो असर पार्ने भएकाले यसको रणनीतिक महत्त्व उच्च छ ।

युद्धको असर विश्व अर्थतन्त्रमा समेत देखिएको छ । तेलको मूल्यमा वृद्धि भएको छ भने सेयर बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । ब्रेन्ट क्रुडको मूल्य एक प्रतिशतले बढेर १०३।२५ डलर प्रति ब्यारेल पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट १।२ प्रतिशतले बढेर ९१।४१ डलरमा कारोबार भइरहेको छ । एसियाली बजारमा उतारचढाव देखिदा लगानी कर्ता सम्भावित कूटनीतिक समाधानको प्रतीक्षामा छन् ।

चीनले भने परिस्थिति सुधारतर्फ सानो आशा देखिएको जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले टर्की र इजिप्टका समकक्षीसँगको संवादमा इरान र अमेरिका दुवै वार्तामा फर्कन इच्छुक देखिएको सङ्केत गर्नुभएको छ । तर यो दाबी अन्य पक्षको भनाइसँग मेल खादैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न डराइरहेको आरोप लगाएको छन् । 

उहाँका अनुसार इरानी वार्ताकार आफ्नै पक्षबाट जोखिममा पर्न सक्ने डरले खुलेर कुरा गर्न सकिरहेका छैनन् । तर इरानका विदेशमन्त्री अब्बास अराघचीले स्पष्ट रूपमा वार्ता अस्वीकार गर्दै वर्तमान नीति ‘प्रतिरोध’ मा आधारित रहेको बताएको छन् । उनले वार्ता गर्नु भनेको हार स्वीकार्नु सरह हुने धारणा राखेको छन् ।

यसबिच अमेरिकाले इरानको सैन्य क्षमतामा ठुलो क्षति पुर्‍याएको दाबी गरेको छ । अमेरिकी सेनाका अधिकारीका अनुसार इरानका दुई तिहाइ मिसाइल तथा ड्रोन उत्पादन संरचना ध्वस्त पारिएको छ र आक्रमण क्षमतामा ९० प्रतिशतसम्म गिरावट आएको छ । क्षेत्रीय तनाव थप बढाउने घटना पनि भएका छन् । कुवेतले इरान समर्थित हिजबुल्लाहसँग सम्बन्धित रहेको आरोपमा छ जनालाई पक्राउ गरेको छ, जसले देशभित्र आक्रमणको योजना बनाइरहेका थिए । 

उता इरानका संसद अध्यक्ष मोहम्मद बाघेर घालीबाफले केही शत्रुले क्षेत्रीय सहयोगमा इरानी टापु कब्जा गर्ने योजना बनाइरहेको चेतावनी दिनुभएको छ । खाडी क्षेत्रका देश साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डनले संयुक्त वक्तव्य जारी गर्दै इराकलाई आफ्नो भूमिबाट इरान समर्थित समूहद्वारा हुने आक्रमण रोक्न आग्रह गरेका छन् ।

यसैबिच, लेबनानस्थित हिजबुल्लाह समूहले इजरायलसँग कुनै पनि युद्धविराम वार्ता अस्वीकार गरेको छ । समूहका प्रमुख नइम कासिमले यस्तो वार्ता आत्मसमर्पण बराबर हुने बताएको छन् । समूहले पछिल्लो दिन ८० भन्दा बढी आक्रमण गरेको दाबी गरेको छ भने दक्षिण लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

विपरीत दाबीको बिचमा अमेरिकी पक्षले भने वार्ता जारी रहेको जनाएको छ । ह्वाइट हाउसका अनुसार अमेरिका र इरानबिच संवाद भइरहेको र त्यसले केही प्रगतिसमेत देखाएको छ, यद्यपि यसको विवरण पूर्णरूपमा सार्वजनिक गरिएको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा पदाधिकारी निर्वाचन सम्पन्न, १,२८९ मत मात्रै खस्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...

बाल सामाजिक सञ्जाल नियन्त्रण कडा बनाउँदै अस्ट्रेलिया

मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ आज साँझ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...

प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित, अब आइतबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...

क्रिकेट विश्वकप लिग–२: रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...

वालिङमा जिप दुर्घटना: एक जनाको मृत्यु, १७ घाइते

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...

रास्वपा महाधिवेशन: ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।  झण्डै एक ...

रास्वपा पदाधिकारी निर्वाचन जारी, ९८५ मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending