Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सुधन गुरुङलाई प्रश्न : गृहमन्त्री बन्ने चर्चा के हो ?

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका सुधन गुरुङ रास्वपाका सांसद बनेपछि उनलाई सम्भावित मन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। कतिपय वृत्तमा उनको आकांक्षा गृहमन्त्री पदमा रहेको दाबीसमेत गरिएको छ।

सपथग्रहणका लागि जाँदै गर्दा सञ्चारकर्मीले यही विषयमा प्रश्न गरेका थिए। “तपाईं गृहमन्त्री बन्ने हल्ला के हो ?” भन्ने प्रश्नमा गुरुङले आफू मन्त्री बन्ने दौडमा नरहेको बताए।

“म मन्त्री बन्ने दौडमा पहिले पनि थिइनँ, अहिले पनि छैन। पार्टीले योग्य ठाने दिनुहुन्छ। नदिए पनि आफ्नो कर्तव्य पालना गर्नुपर्छ,” उनले भने। गुरुङले आगामी सरकारले जेनजी आन्दोलनका मुद्दा अघि बढाउने विश्वास व्यक्त गरे। कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने उनको धारणा थियो।

“कार्की आयोगको प्रतिवेदन सबैले पढेको छैन। औपचारिक रूपमा प्रकाशन गर्नुपर्छ। त्यसपछि कार्यान्वयनको कुरा आउँछ,” उनले भने।

सरकारले सार्वजनिक गर्नुअघि सञ्चारमाध्यममार्फत प्रतिवेदन बाहिरिनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए। “यसलाई सकारात्मक रूपमा लिनुपर्छ। निस्किनैपर्ने कुरा हो। सत्यतथ्य आउँदा राम्रो नै हो। प्रतिवेदन पूरा पढेर रिपोर्टिङ गर्न पत्रकारहरूलाई सुझाव दिन्छु। हेडलाइन बिगारेर हुँदैन,” उनले भने।

चीनविरोधी गतिविधिमा संलग्न रहेको भन्दै ‘जनआस्था’ साप्ताहिकले लेखेको विषयमा सोधिएको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, “हो र ? उहाँहरूको आस्था केमा छ, त्यसमा भर पर्छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending