वीरेन्द्रनगर । १६ वर्षीया इनिशा बिकको हत्या प्रकरणमा दोषीलाई कारबाहीमा ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र सामाजिक अभियन्ताले प्रदर्शन गरेका छन्।
महिला अधिकारकर्मी सावित्री सुवेदी र रञ्जना कामीसहितका अभियन्ताले इनिशाको शवको डमी बोकेर विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले आँखामा कालोपट्टी बाँधेर हातमा नेपालको संविधान समातेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
प्रदर्शनकारीले इनिशा बिक तथा निर्मला पन्तलगायत बालिकाका घटनामा न्यायमा ढिलाइ भएको उल्लेख गर्दै दबाबस्वरूप सडकमा उत्रिनुपरेको बताएका छन्। दोषीलाई कडा सजाय, आवश्यक परे मृत्युदण्डसमेत हुनुपर्ने मागसहित विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शनमा देखिएका थिए।
फागुन २३ गते बिहान विद्यालयको प्रयोगात्मक कक्षामा जान भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर नजिकैको सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।
परिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै हालसम्म शव बुझेका छैनन्। घटना भएको २३ दिन बितिसक्दा पनि शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। दोषीलाई कारबाही हुने विश्वसनीय वातावरण नबनेसम्म शव नउठाउने अडान परिवारले लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले मुख्य अभियुक्तविरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैद सजायको माग गरेको छ। साथै घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा अन्य तीन जनाविरुद्ध पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउनुपर्ने माग गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानपछि थप छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली वीरेन्द्रनगर पुगेको थियो। अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश भइसकेको प्रहरीले जनाएको छ।
उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा सुर्खेतको गुर्भाकोट–बडाखाली घर भएकी थिइन् र हाल वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न देशका विभिन्न स्थानमा पनि प्रदर्शन जारी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: