काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेन्जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको सन्दर्भमा गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। संस्थाले उक्त प्रतिवेदनलाई “अपूर्ण, चयनात्मक र राजनीतिक प्रभावमा परेको दस्तावेज” भन्दै सम्पूर्ण घटनाक्रमको निष्पक्ष र स्वतन्त्र पुनःछानबिनको माग गरेको हो।
मुभमेन्टले जारी गरेको प्रेस वक्तव्यअनुसार राज्यका तर्फबाट औपचारिक रूपमा सार्वजनिक हुनुपर्ने प्रतिवेदन चुवावट भएर मिडियामार्फत बाहिरिएपछि मात्र सार्वजनिक गर्नु सरकारको संस्थागत कमजोरी, गैरजिम्मेवारी तथा पारदर्शितामाथिको गम्भीर प्रश्न भएको जनाएको छ।
वक्तव्यमा भाद्र २३ गते राज्य पक्षबाट भएको दमनबारे कारबाहीको विषय समेटिनु आवश्यक भए पनि भाद्र २४ गते भएका जेल तोडफोड, आगजनी, लुटपाट तथा अराजक गतिविधिहरूको समुचित छानबिन नभएको भन्दै प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाइएको छ। “यसले सत्यलाई आंशिक बनाउँदै विधिको शासन र राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमणलाई कमजोर रूपमा प्रस्तुत गरेको देखिन्छ,” वक्तव्यमा उल्लेख छ।
त्यसैगरी, आन्दोलनको कारण र मूल मागहरूमाथि राज्यले ध्यान नदिएकोप्रति पनि मुभमेन्टले आपत्ति जनाएको छ। जेनजी आन्दोलन शासकीय स्वरूपमा परिवर्तन, सार्वजनिक संस्थाहरूको पुनर्संरचना, २०४८ साल यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन तथा राज्य संयन्त्रको दलीयकरण अन्त्यको मागसहित उठेको ऐतिहासिक राजनीतिक अभिव्यक्ति भएको उल्लेख गरिएको छ।
मुभमेन्टले घटनाको सतही छानबिन मात्र गरेर समस्या समाधान नहुने भन्दै व्यापक, स्वतन्त्र र निष्पक्ष पुनःछानबिनको आवश्यकता औंल्याएको छ। साथै, आगामी सरकारले आन्दोलनका मूल मागहरू सम्बोधन गर्दै संरचनात्मक सुधारका लागि स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...



प्रतिकृया लेख्नुहोस्: