Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क सञ्चालनमा

खबरडबली संवाददाता

इलाम । इलामको सूर्योदय नगरपालिका–३ स्थित बौद्धधाममा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको बुद्धपार्क सञ्चालनमा आएको छ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा १७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त पार्कको उद्घाटन चैत १८ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो। उद्घाटनसँगै बुद्धको प्रतिमामा प्राण प्रतिष्ठा समेत गरिएको थियो।

गौतम बुद्ध स्मृति प्रतिष्ठानका अनुसार बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछे लगायतका धर्मगुरुको उपस्थितिमा बिहान ६ बजेदेखि १२ बजेसम्म प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको थियो।

नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरबाट करिब २ किलोमिटर दूरीमा रहेको उक्त बौद्धधाम पछिल्लो समय भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। दार्जिलिङ जाने पर्यटकका लागि समेत यो क्षेत्र पहिलो रोजाइ बन्न थालेको स्थानीय पर्यटन व्यवसायी विमल देवानले जानकारी दिए।

बुद्धपार्क निर्माणको सुरुवात आर्थिक वर्ष २०७२/०७३ मा मेची पर्यटन प्रवर्द्धन विकास समितिको बजेटबाट गरिएको थियो। संघीय संरचना कार्यान्वयनपछि आयोजनालाई कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले निरन्तरता दिएका हुन्।

आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको र नगरपालिकाले ३० प्रतिशत थप लगानी गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो। उहाँका अनुसार पार्क सञ्चालनमा आएसँगै नेपाल, भारत तथा तेस्रो मुलुकका पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ।

कोशी प्रदेश सरकार, मेची पहाडी पर्यटन विकास समिति र सूर्योदय नगरपालिकाको सहकार्यमा करिब आठ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त पार्कसँगै स्थानीय स्तरमा थप पर्यटकीय संरचना समेत विकास हुन थालेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending