काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक र कार्यक्रमको मिति तोकेको छ ।
२०८२ चैत १० र ११ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार १६५ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूसँग समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन गर्न लागिएको हो ।
पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी विज्ञप्ति अनुसार, कार्यक्रमलाई प्रभावकारी बनाउन सातै प्रदेशमा फरक(फरक मिति र संयोजकहरू तोकिएको छ । तोकिएको कार्यक्रम अनुसार सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य तथा उम्मेदवारहरूको अनिवार्य उपस्थिति रहनेछ ।
प्रदेशगत कार्यक्रम र संयोजको विवरण:
१. कोशी प्रदेशस् विराटनगर, २०८२ चैत २३ गते (संयोजक: डा. डिला संग्रौला पन्त)
२. मधेश प्रदेशस् जनकपुर, २०८२ चैत २५ गते (संयोजक: फरमूल्लाह मंसुर)
३. गण्डकी प्रदेश: पोखरा, २०८२ चैत २७ गते (संयोजक: देवराज चालिसे)
४.लुम्बिनी प्रदेश: दाङ, २०८२ चैत २९ गते (संयोजक: योगेन्द्र चौधरी)
५. कर्णाली प्रदेश: सुर्खेत, २०८३ वैशाख ३ गते (संयोजक: कर्णबहादुर बुढा)
६. सुदूरपश्चिम प्रदेश:कैलाली, २०८३ वैशाख ५ गते (संयोज: प्रकाश रसाइली स्नेही)
७. बागमती प्रदेश: हेटौँडा, २०८३ वैशाख ७ गते (संयोजक: बहादुर सिंह लामा)
विज्ञप्तिमा उल्लेख भए अनुसार सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्नेछन् । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा हुने यो समीक्षाले पार्टीको आगामी साङ्गठनिक सुदृढीकरण र रणनीतिक बाटो तय गर्ने कांग्रेसले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: