Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

गगन थापाको ससुरा भनेर चिनाउने प्रयास षड्यन्त्र: अर्जुननरसिंह केसी

खबरडबली संवाददाता

काठमाडौं । अर्जुननरसिंह केसी ले आफूलाई केवल गगन थापा को ससुरा भनेर चिनाउने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्। यस्तो टिप्पणीले आफूलाई कुनै फरक नपर्ने उनले बताएका छन्।

पछिल्लो समय समानुपातिकतर्फ सांसद बन्नुमा पारिवारिक सम्बन्ध कारण भएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै केसीले आफ्नो राजनीतिक पहिचान छुट्टै रहेको जिकिर गरे। उनले २०१७ साल पुस १ गते महेन्द्र शाह ले गरेको राजा महेन्द्रको २०१७ को कू विरुद्ध पर्चा बाँड्दा जेल परेको स्मरण गर्दै आफ्नो संघर्षपूर्ण राजनीतिक यात्रा उल्लेख गरे।

‘राजाको कदमको विरुद्ध पर्चा बाँड्दै गर्दा जेल परेको अर्जुननरसिंहको बारेमा थाहा नभएका, खाली गगनको ससुरामात्रै चिनेका मानिसलाई मैले के जवाफ दिइरहने ?’ उनले भने, ‘उहाँहरूलाई धन्यवाद, कम्तिमा देशले विश्वास गरेको ज्वाइँको नाम मसँग जोडेको छन्।’

केसीले आफू र थापामाथि एकैसाथ प्रहार गर्न सुनियोजित रूपमा यस्तो प्रचार गरिएको दाबी गरे। उनले यसलाई “बनिबनाउ षड्यन्त्र” भन्दै नेपाली कांग्रेस भित्रैबाट समेत आफ्नो पहिचान सीमित पार्ने प्रयास भएको आरोप लगाए।

‘पशुपतिको दर्शन, सिद्राको व्यापार’ भन्ने उखान उल्लेख गर्दै उनले यस्तो टिप्पणीले दुवै जनाको तेजोवध गर्ने उद्देश्य राखेको बताए। कांग्रेसभित्रैबाट समेत यस्तो गतिविधि भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

यस क्रममा उनले गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य र सुशील कोइराला जस्ता नेताहरूको उदाहरण दिँदै पार्टीमा योगदानका आधारमा अवसर पाउने परम्परा रहेको उल्लेख गरे। पारिवारिक सम्बन्धका आधारमा मात्र मूल्यांकन गर्नु उचित नभएको उनको भनाइ छ।

केसीले आफू रूपान्तरण र पुस्तान्तरणको पक्षमा रहेको र यही कारण विशेष अधिवेशनको मागमा उभिएको बताए। साथै, कांग्रेस परिवर्तन नचाहने समूहहरूले आफूलाई माध्यम बनाएर थापामाथि प्रहार गर्न खोजे पनि त्यसले कुनै असर नपर्ने उनको निष्कर्ष छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending