Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

खबरडबली संवाददाता

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्। 

बेनी नगरपालिका–९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किदै गरेको बस र भैरहबाबाट मुस्ताङतर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। 

दुर्घटनाको खबर पाउनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट ट्राफिक प्रहरी सहितको टोली परिचालन भई घाइतेलाई उद्दार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। 

तिमिल्सिनाका अनुसार बसमा चालक र सहचालक सहित ३४ जना सवार रहेकोमा चालक र सहचालक सहित ९ जना सकुशल रहेका छन् । बस र ट्रक एकआपसमा ठोक्किँदा अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।  

प्रहरीका अनुसार दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका ६२ वर्षीय दिपकराज मित्तल,सोही ठाउँका ६३ वर्षीय शंकरलाल केशवानी,भारत मध्य प्रदेश घर भएका वर्ष ४२ की कृति शर्मा,सोही ठाउँका वर्ष ३८ का गौरव सेनी,भारतको गुजरात वस्ने वर्ष ७२ का राज अडोलिया,सोही ठाउँका वर्ष २० की सिम्रण साहा र  भारत हरियाना वस्ने वर्ष ६७ का प्रेमा शर्मा घाइते भएको छन् । 

भारत उत्तर प्रदेश वस्ने वर्ष ५३ की अल्का गुप्ता,भारत जयपुर राजस्थान वस्ने वर्ष ५८ का अरबिन्द भट्ट, भारतको नयाँ दिल्ली बस्ने वर्ष ६९ का रामगोपाल शर्मा, सोही ठाउँका वर्ष ४८ की बन्धना शर्मा,भारत मध्य प्रदेश बस्ने वर्ष ३७ कि रिचा कौशिया, सोही ठेगानाका वर्ष ३९ का गौरब कौशिक,भारत गुजरात घर भएका बर्ष ४८ का बिनित गोयल र सोही ठेगानाका बर्ष ४२ कि निरु चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। 

बस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका वर्ष ३१ का विकास जिसीको अस्पतालमा उपचार भइरहेको र ट्रक चालक पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका वर्ष २८ का नारायण प्रसाद शर्मा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending