Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

अभियानकर्मीको प्रश्न : जनताका लागि सिंहदरबारको ढोका किन बन्द ? राष्ट्रको समस्या कहिले देख्छौ सरकार ?’

खबरडबली संवाददाता

काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।

वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न तथा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्न, सिर्सिया नदीमा बढ्दो प्रदूषण र अतिक्रमण नियन्त्रण गर्न, साथै ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन्। उनीहरूले अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग कडा माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘जनताको सरकार जनताका लागि सिंहदरबारको ढोका किन बन्दरु’ र ‘राष्ट्रको समस्या कहिले देख्छौ सरकाररु’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड र सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू बोकेका थिए। अभियानका प्रतिनिधिहरूका अनुसार वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित तथा सुकुम्बासीहरूको समस्या समाधानमा सरकार उदासीन देखिएको छ।

प्राकृतिक सम्पदाको दोहनले वातावरणीय संकट निम्त्याइरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास समेत गरेका छन्।

प्रदर्शनका क्रममा अभियानकर्मीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू प्रदर्शन गरेका थिए। चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending