Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको जाहेरी

खबरडबली संवाददाता

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहेरी दिएकी छन्।

ती युवतीले मंगलबार प्रहरीमा उजुरी दर्ता गरेको जानकारी उनका काका नाता पर्ने परिवारका एक सदस्यले दिएका छन्। ती छात्रा हाल न्यूयोर्कको क्विन्स क्षेत्रमा बस्दै आएकी छिन्।

आरोप अनुसार, क्विन्सस्थित अपार्टमेन्टमा ‘बले’ले आफूलाई बलात्कार गरेको भन्दै ती युवतीले यसअघि फेसबुकमा स्टाटस लेखेकी थिइन्। उक्त स्टाटस सार्वजनिक भएपछि प्रहरीले गत शनिबार सागर लम्साललाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

हाल उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। यस प्रकारको मुद्दामा प्रमुख जिल्ला अधिकारीले बढीमा २५ दिनसम्म हिरासतमा राख्न सक्ने कानुनी प्रावधान रहेको छ।

पीडित छात्राले आफैं प्रहरीकहाँ उजुरी दिएको परिवार स्रोतले जनाएको छ। उजुरीपछि उनलाई प्रहरीको विशेष निगरानीमा राखिएको छ भने सरकारी वकिल, चिकित्सकीय सेवा तथा सामाजिक कार्यसम्बन्धी सहयोगसमेत उपलब्ध गराइएको बताइएको छ।

परिवारका सदस्यका अनुसार घटना अमेरिका र आरोपित नेपालमा भएकाले अनुसन्धान प्रक्रिया अघि बढाउने विषयमा परामर्श गर्न समय लागेको थियो। अब अमेरिकी र नेपाली प्रहरीबीच समन्वय भएर अनुसन्धान अघि बढ्ने अपेक्षा गरिएको छ।

नेपालमा भने यस सम्बन्धमा औपचारिक जाहेरी दिने वा नदिने विषयमा अझै निर्णय भइसकेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण, औषधीय र औद्योगिक प्रयोगको बाटो खुल्यो

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...

सामुदायिक वनको रकम हिनामिनाको आरोपमा पूर्व अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...

सुकुमवासीको माइतीघरमा प्रदर्शन - ‘होइ सरकार होइ, मेरो घर खोइ ?

काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...

घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक एजेन्डामा छलफल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...

१० प्रतिशत नि:शुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...

सोमबार पशुपतिमा भक्तजनको भीड

काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...

अनशनरत नर्स र सरकारबीच वार्ता सुरु

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध, पहिरो पन्छाउन उपकरण परिचालन

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending