विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ ।
एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो ।
उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गरेको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् ।
उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश ठाकुरले बताए। उद्योगमा ठाकुर र रञ्जित भगतसहितका लगानीकर्ताहरुले लगानी गरेको छन् ।
लगानीकर्ताहरुले पाँच वर्षको अध्ययन र योजनापछि यो महत्वाकांक्षी परियोजनालाई मूर्त रूप दिएको हो । उद्योगमा जर्मन प्रविधिको अत्याधुनिक मेसिनहरु प्रयोग गरिएका छन् ।
उद्योगले पहिलो चरणमा १०० एमएलदेखि ३ हजार एमएलसम्मको ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ सलाइन उत्पादन गरिरहेको छ । आगामी दिनमा उत्पादन विस्तार गर्दै १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू समेत उत्पादन गरी बजारमा ल्याउने योजनाका साथ काम गरिरहेको उद्योगका निर्देशक दिनेश ठाकुरले जानकारी दिए।
लगानीकर्ताहरु निरुत्साहित भइरहेको बेलामा व्यावसायिक चुनौतीसँग जुध्दै सञ्चालनमा आएको यस उद्योगले बजार व्यवस्थापनमा भने केही कठिनाइ झेलिरहेको जनाएको छ ।
“हाम्रो मुख्य उद्देश्य गुणस्तरीय औषधी उपलब्ध गराउनु र परनिर्भरता घटाउनु हो,” निर्देशक ठाकुरले भने, “तर उत्पादन लागत उच्च हुनु र सोही अनुपातमा बजार मूल्य समायोजन नहुँदा हाल घाटा सहेरै उत्पादन गरिरहेका छौँ ।” उनले स्वदेशी लगानीलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार र सहुलियत दिनुपर्नेमा जोड दिए ।
नेपालको औषधी बजारमा वैदेशिक कम्पनीहरू उत्पादनको वर्चस्व रहेको छ । यस्तो अवस्थामा गरिएको ठूलो लगानीले नेपाली उद्योग क्षेत्रमा नयाँ उत्साह थपेको र दीर्घकालमा विदेशमा निर्यातसमेत गर्ने लक्ष्यका साथ काम गर्ने उद्योगीहरुले बताएको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: