काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवार तय गर्न आन्तरिक तथा संयुक्त छलफलमा जुटेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै समितिमा उम्मेदवारी दिने विषयमा रणनीति बनाइरहेका छन्।
संयुक्त छलफलमा सहभागी एक नेताले ‘उम्मेदवारी दिऔं, जीतरहार स्वाभाविक हो’ भन्ने धारणा राख्दै प्रतिस्पर्धामा जाने पक्षमा माहोल बनिरहेको बताए।
आज संघीय संसद सचिवालयमा संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुँदैछ। दिउँसो १ बजेदेखि ४ बजेसम्म सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा मनोनयन दर्ता गरिनेछ। त्यसपछि साढे ४ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
संघीय संसदअन्तर्गत कुल १६ वटा संसदीय समिति छन्। जसमध्ये प्रतिनिधिसभाअन्तर्गत १० वटा, राष्ट्रिय सभाअन्तर्गत ४ वटा र दुई वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभातर्फका समितिहरूको सभापति चयन भइसकेको छ भने प्रतिनिधिसभाका १० वटा र संयुक्त दुई समितिको सभापति चयन हुन बाँकी छ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू टुंगो लगाएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले समितिका सभापति चयनका लागि आगामी शुक्रबार निर्वाचन मिति घोषणा गरेका थिए।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक सदस्य प्रस्तावक र अर्को सदस्य समर्थक भएर उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था छ।
यस विषयमा नेपाली कांग्रेसबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग समन्वय गरिरहेका छन् भने नेकपाबाट वर्षमान पुन र युवराज दुलाल संवादमा छन्।
आज दिउँसो १२ बजे बस्ने विपक्षी दलहरूको संयुक्त बैठकले उम्मेदवारी दिनेरनदिने तथा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...
बैशाख २६ गते, २०८३ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो । हिमाली जिल्ला ताप्लेजु...
बैशाख २६ गते, २०८३ - १६:१६
नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...
बैशाख २६ गते, २०८३ - १५:५८
काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...
बैशाख २६ गते, २०८३ - १५:४४
काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...
बैशाख २६ गते, २०८३ - १५:१६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...
बैशाख २६ गते, २०८३ - १४:५८
काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...
बैशाख २६ गते, २०८३ - १४:४९
झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...


प्रतिकृया लेख्नुहोस्: