वीरगञ्ज। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा आर्मीले उपाधि उचालेको हो । योसँगै आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल भएको हो । यसअघि सन् २०१७ मा भएको पहिलो संस्करणमा पुलिससँग संयुक्त विजेता बनेको आर्मीले सन् २०२१ मा चौथो संस्करणको उपाधि जितेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रनको सामान्य योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले ४६ बलमा ४३ र किरण ठगुन्नाले ४२ बलमा ३५ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका बलर आकाश चन्द र शाहब आलमले घातक बलिङ गरे। चन्दले ९ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए भने आलमले १० ओभरमा समान ३ विकेट हात पारे।
१६२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । आर्मीको जितमा इमान शेखले ८२ बलमा अविजित ४६ रनको धैर्यपूर्ण इनिङ खेले। यस्तै, बसीर अहमदले ५६ बलमा ४५ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ र अशोक धामीले १ विकेट लिए । खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका आर्मीका बसीर अहमद ‘प्लेयर अफ द म्याच’ बने। उनले ब्याटिङमा ४५ रन बनाउनुका साथै बलिङमा ७.१ ओभरमा २५ रन खर्चेर २ विकेट लिएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १८:०७
काठमाडौँ। युरोपका विभिन्न देश पठाउने भनी एक करोड ९३ लाख रुपियाँ ठगी गर्ने ४१ वर्षीय भीम लामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान का...
जेष्ठ १२ गते, २०८३ - १७:२७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्र प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा र...
जेष्ठ १२ गते, २०८३ - १७:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद जगदीश खरेलले आफूले प्रयोग गरेको 'तमासा' शब्द संसदीय मर्यादा विपरीत नरहेको बताएका छन्। ...
जेष्ठ १२ गते, २०८३ - १७:०८
काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले विपक्षी दलहरूको विरोधलाई (तमासा) भनेपछि संसद्मा विवाद उत्पन्न भएक...
जेष्ठ १२ गते, २०८३ - १६:५७
काठमाडौं । प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद जगदीश खरेलको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। नेपाली कांग्...
जेष्ठ १२ गते, २०८३ - १६:३५
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक...
जेष्ठ १२ गते, २०८३ - १६:०४
काठमाडौं । अघिल्लो दिन २७ अंकले बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ। यससँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ। कारोबार रकम पनि घटेको छ। अघिल...
जेष्ठ १२ गते, २०८३ - १५:५८
सियोल । दक्षिण कोरियाको “फ्लाइ ओभर”मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - १५:४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “पर्यटन विधेयक, २०८१” माथि छलफल चलिरहँदा विवाद उत्पन्न भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। संस्कृति, पर्यट...
जेष्ठ १२ गते, २०८३ - १५:३६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...



प्रतिकृया लेख्नुहोस्: