Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

खबरडबली संवाददाता

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ।

इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुन: खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबिच यस अघि भएकोे युद्धविराम बुधवार समाप्त हुने भएको छ ।

युद्धविराम विस्तार हुन्छ कि हुदैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले पत्रकारलाई युद्धविराम विस्तार नगर्ने तर नाकाबंदी जारी राख्ने बताउनु भएको हो । यस अघि पाकिस्तानमा भएको वार्तामा अमेरिका र इरानका मागबिच मुख्य भिन्नता भएका कारण सहमतिमा पुग्न असफल भएका छन् ।

ट्रम्पले पत्रकारलाई इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजमा कुनै शुल्क नलगाउने बताएको छन् । सामाजिक सञ्जाल ट्रुथमा उहाँले  होमूज खोल्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ धेरै खुसी भएको बताएको छन् । आमामी मे महिनामा बेइजिङमा आयोजना गरिएको शिखर सम्मेलनलाई उल्लेख गर्दै ट्रम्पले चीनमा आफ्ना समकक्षी सी जिनपिङसँग विशेष र ऐतिहासिक भेटघाट हुने बताएको छन् ।

फेब्रुअरी–२८ देखि सुरु भएको युद्ध अन्त्य गर्ने योजनाअन्तर्गत तेहरानले इरानमा भण्डार गरिएको युरेनियम संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्नु पर्ने कुरामा पनि ट्रम्पले जोड दिएको छन् । यस अघि इरानको विदेश मन्त्रालयले आफ्नो युरेनियम कतै पनि हस्तान्तरण नगर्ने बताएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (...

सागको मुठामा भेटियो लागुऔषध ब्राउनसुगर

दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...

जनकपुरधामबाट तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेनसँग छलफलमा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत। युद्वविरामको वावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका ...

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending