धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग अन्वेषण प्रयोगशाला धनगढीले जानकारी दिएको छ ।
ब्रोइलरको मासु खाएर मान्छे बिरामी परेको र दुई जनाको ज्यान गएको घटनापछि प्रयोगशालाको प्राविधिक टोली खटेर चुरे गाउँपालिकामा रहेको विकास पोल्ट्री फार्ममा मरेका कुखुुराको नमूना परीक्षण गरेको थियो । परीक्षण गर्दा कुखुरामा हानिकारक सङ्क्रमण फेला नपरेको प्रयोगशालाका प्रमुख डा। नरेशप्रसाद जोशीले जानकारी दिए। उनले बर्डफ्लू पनि नेगेटिभ आएको उल्लेख गरे ।
जोशीका अनुसार मासु खाएर बिरामी पर्नुको कारण कुनै सङ्क्रमण नभइ सडेगलेका मासु खाएर भएको देखिन्छ । उनले बिरामी परेको परिवारले चार दिनसम्म पोलेर सडेगलेको मासु खाएको खुल्न आएकोले फूड प्वाइजन भएको हुन सक्ने बताए।
मरेको ब्रोइलरको मासु खाएर चुरे गाउँपालिका–३, भक्तपुरका आठ वर्षीय भीम ताम्राकार र पाँच वर्षीय दीपकको उपचारको क्रममा शुक्रबार सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको थियो ।
मृतकका आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १७:५६
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...
जेष्ठ ५ गते, २०८३ - १७:४०
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...
जेष्ठ ५ गते, २०८३ - १७:३४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...
जेष्ठ ५ गते, २०८३ - १७:२५
काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...
जेष्ठ ५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...
जेष्ठ ५ गते, २०८३ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...
जेष्ठ ५ गते, २०८३ - १६:५४
काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...
जेष्ठ ५ गते, २०८३ - १६:४४
वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...
जेष्ठ ५ गते, २०८३ - १६:२९
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...
जेष्ठ ५ गते, २०८३ - १६:०६
काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...



प्रतिकृया लेख्नुहोस्: