Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालत ले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेला बसेको थियो । उक्त भेलाले पार्टीको वर्तमान अवस्थाबारे समीक्षा गर्दै एकताको आवश्यकता औँल्याएको हो ।

नेता कुन्दनराज काफ्लेले सर्वोच्चको निर्णयपछि पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच छलफल सुरु भएको बताए । उनका अनुसार, विगतमा कांग्रेसले भोगेका उतारचढाव र अहिलेको अवस्थाबारे समेत गम्भीर समीक्षा गरिएको छ ।

उनले पार्टी एकता कायम राख्न सबै नेता तथा कार्यकर्ताको आत्मबल बढाउनुपर्नेमा जोड दिए । “कांग्रेस एक हुनुपर्छ, त्यसका लागि सबैको आत्मबल उच्च हुनुपर्छ,” उनले भने, “क्रियाशील सदस्य संख्या बढी हुँदा पनि भोट किन घट्दै गएको छ भन्ने विषयमा पनि छलफल आवश्यक छ ।”

काफ्लेले पार्टीप्रति जनताको असन्तुष्टि र साना दलहरूको उदयबारे पनि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । “जनता हामीसँग किन रिसाए ? किन साना दलहरूतर्फ आकर्षित भए ? यसबारे गम्भीर रूपमा विश्लेषण हुनुपर्छ,” उनले भने, “यसमा सानेपा जिम्मेवार हुनुपर्छ ।”

उनले सानेपास्थित पार्टी कार्यालयमा खुला छलफलको वातावरण बनाउन वर्तमान नेतृत्वलाई आग्रह गरे । “भित्तामा कराएर मात्र समाधान हुँदैन । आफ्ना कुरा राख्ने खुला ठाउँ हुनुपर्छ,” उनले भने, “पार्टीभित्र नमिल्नुपर्ने कुनै कारण छैन, यो स्वाभिमानको विषय हो । तर त्यसका लागि नेतृत्वले जिम्मेवारी लिनुपर्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्।  प्रधानमन्त्रीको नि...

लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...

स्मार्ट लाइसेन्स छपाइ सुरु, आफूले ट्रायल पास गरेकै कार्यालयबाटै लिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending