Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

अडियो प्रकरणमा धनुषाको वरिष्ठ सई सागरशम्सेर जबरालाई निलम्बन गर्ने प्रक्रियामा सुरु

खबरडबली संवाददाता

काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरा लाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइएको छ।

वरिष्ठ सई जबराले आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले एक व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार गरी प्रचार गरेको आरोप लागेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय का एसपी तथा सहायक प्रवक्ता भेषराज रिजाल ले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबराविरुद्ध निलम्बन प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘संगठनलाई नै बद्नाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन प्रक्रिया अघि बढाइएको छ। यस कार्यालयबाट आवश्यक अनुसन्धान तथा छानबिन कार्य भइरहेको छ।’

वरिष्ठ सई जबरा र व्यापारी रामजी महासेठ बीचको टेलिफोन संवाद सार्वजनिक भएको छ। उक्त संवादमा डीआईजीलाई रकम बुझाउने विषयमा कुराकानी भएको उल्लेख छ।

डीआईजीको नाम लिएर बद्नाम गराउने प्रयास भएको भन्दै सम्बन्धित डीआईजी कार्यालयले पनि यस विषयमा थप छानबिन सुरु गरेको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्।  प्रधानमन्त्रीको नि...

लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...

स्मार्ट लाइसेन्स छपाइ सुरु, आफूले ट्रायल पास गरेकै कार्यालयबाटै लिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending