Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएको छिन् ।

थापाथलीस्थित बागमती नदी किनारामा शनिबार खाली गराइएको स्थानको आइतबार निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाल तथा आगामी दिनमा खाली गरिने स्थानहरूको सुरक्षा र संरक्षणका लागि तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्न निर्देशन दिइन्। साथै, सार्वजनिक निर्माण विभागमार्फत तारबारको काम अघि बढाउन पनि उनले निर्देशन दिइन्।

त्यसैगरी आइतबार कार्यवाहक प्रमुख डङ्गोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको भौतिक अवस्थाको पनि निरीक्षण गरेको थिइन्। अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनहरूलाई ती भवनहरूमा स्थानान्तरण गर्ने योजना रहेको छ ।

नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा बागमती नदी खण्डको थापाथली क्षेत्रको बस्ती वैशाख १२ गते खाली गरी सकिएको हो । त्यसअघि नै महानगरपालिकाले अनधिकृत बस्तीमा बसोवास गरिरहेका व्यक्तिहरूलाई आफैँ स्थान खाली गर्न सूचित गरेको थियो ।

सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले स्वेच्छिक रूपमा घरटहरा खाली गरेका थिए भने सो प्रक्रिया शनिबार बिहानसम्म जारी रह्यो । पछि स्थानीय प्रशासनले बिहान ६ बजेदेखि सुरु गर्ने भनिएको भत्काउने कार्य केही समय पछि सारेर स्वेच्छिक खाली गर्न अवसर दिएको थियो । करिब ८ बजेदेखि संरचना हटाउने काम सुरु गरिएको थियो ।

वडा नं. ११ का अध्यक्ष तथा महानगर भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारका अनुसार वडाभित्र थापाथली र वंशीघाट क्षेत्रमा गरी ३३२ वटा घरटहरा थिए । थापाथली क्षेत्रमा रहेका १३६ घरटहरा भत्काइएको छ । वंशीघाट क्षेत्रमा भने १९६ घरटहरा रहेका छन् ।

महानगर प्रहरीले स्थान खाली गर्ने क्रममा सवारी साधन र जनशक्ति परिचालन गरी सामग्री सार्न सहयोग गरेको थियो । यो क्षेत्र प्रसूति गृह पछाडि पर्छ भने वंशीघाट क्षेत्र विश्व निकेतन विद्यालय पछाडि पर्छ ।

त्यसैगरी, बागमती नदी खण्डको सिनामङ्गलदेखि बानेश्वरसम्मको क्षेत्रमा वडा नं.९ मा १६२ घरधुरी र वडा नं. ३१ को दीर्घशान्ति टोल (जागृतिनगर) मा ४७६ घरटहरा रहेको तथ्याङ्क छ । यीमध्ये वडा नं. ९ का संरचना वैशाख १२ गते खाली गरिएका थिए भने वडा नं.३१ मा केही संरचना बाँकी रहेका छन् ।

आइतबार मनोहरा क्षेत्रमा जनशक्ति र स्रोत साधन केन्द्रित गरिएको थियो । महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार दिउँसो १ बजेदेखि जागृतिनगर क्षेत्रमा घरटहरा भत्काउने काम पुन: सुरु गरिएको हो ।

हाल जागृतिनगर र मनोहरा नदी खण्डमा काठमाडौँ र मध्यपुर थिमितर्फ दुवै पक्षमा काम भइरहेको छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार वडा नं. १५ को स्वयम्भू वन परिक्रमा मार्गमा ४६ घरधुरी, वडा नं. १६ मा १९९ घरधुरी, वडा नं. ३२ जडीबुटी क्षेत्रमा ११४ घरधुरी, वडा नं. १४ मा ४०१ घरधुरी तथा वडा नं. २९ अनामनगरमा २३ घरधुरी सार्वजनिक तथा पर्ती जग्गामा रहेको देखिएको छ ।

त्यस्तै वडा नं. १० मा देवीनगर, विनायकनगर र शङ्खमूल क्षेत्रमा करिब २३० परिवार बसोवास गर्दै आएका छन् । वडा नं. ६ अन्तर्गत रामहिटी, सुविगाउँ, रेम्बोडाँडा, शान्तिनगर, चुच्चेपाटी र कुमारीगाल क्षेत्रमा पनि अव्यवस्थित बस्ती रहेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २०७९ सालको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा करिब ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोवासी रहेको देखिएको छ । काठमाडौँ उपत्यकामा हाल झण्डै चार हजारसम्म अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

शिक्षामा लगाएको समता करले भुइँमान्छेलाई छुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...

आगामी वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्था अन्त्य हुने : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...

प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending