कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आयोजना गरेको जागरणसभामा बोल्दै उनले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अगाडि बढ्ने स्पष्ट पारेकी हुन् ।
आफू पनि यही समुदायको छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्ने धारणा राखिन् ।
कार्यक्रममा जनप्रतिनिधिहरूले मुक्तकमैया र आरक्ष पीडितहरूको न्यायिक पुनःस्थापनका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य कृपाराम रानाले कतिपयसँग लालपुर्जा भए पनि जग्गा नभएको र कतै जग्गा भए पनि लालपुर्जा नभएको समस्या औँल्याए । उनले नदी किनार वा वन क्षेत्र नजिक दिइएको जग्गा प्रयोगयोग्य नभएको र बाढीपहिरोको जोखिममा बस्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताए ।
अर्का सांसद ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्रै पर्याप्त नहुने भन्दै पुनःस्थापना र आधारभूत सेवाको सुनिश्चितताका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिए । मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशकभन्दा बढी समय हुँदा पनि अझै तीन हजारभन्दा बढी परिवार पुनःस्थापनाको पर्खाइमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
जागरणसभापछि मन्त्री चौधरीले बेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको समेत अवलोकन गरिन् । उनले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियामा रहेका कानुनी तथा प्रशासनिक जटिलतालाई हटाएर काम अगाडि बढाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् ।
झन्डै तीन दशकदेखि चर्चामा रहेको र पाँच वर्षअघि शिलान्यास भएको यो औद्योगिक क्षेत्रको निर्माण कार्य वन फँडानी र प्रक्रियागत झमेलाका कारण अगाडि बढ्न सकेको छैन । करिब ९०० बिघा क्षेत्रफलमा फैलिने यस औद्योगिक क्षेत्रले २२ हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । मन्त्री चौधरीले जनताका अपेक्षालाई निराशामा परिणत हुन नदिने गरी अहोरात्र खटेर काम गर्ने बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...
आषाढ़ ५ गते, २०८३ - ०६:४४
चिया उद्योग बन्द हुँदा लाखौंको रोजीरोटी संकटमा
आषाढ़ ५ गते, २०८३ - ०६:३८
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जेगोभिनामाथि ४–१ को प्रभावशाली जित निकाल्दै समूहको शीर्ष स्थान क...
आषाढ़ ५ गते, २०८३ - ०६:३७
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ...
आषाढ़ ५ गते, २०८३ - ०६:३२
काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहिवारदे...
आषाढ़ ५ गते, २०८३ - ०६:२९
काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाश...
आषाढ़ ४ गते, २०८३ - १९:३९
काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...



प्रतिकृया लेख्नुहोस्: