Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

दोस्रो चरणमा सत्र लाख सवारी लाइसेन्स छपाइ

खबरडबली संवाददाता

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान सवारीचालक अनुमतिपत्र (सवारी लाइसेन्स) को छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच क्युआर कोडसहितको स्मार्ट सवारी लाइसेन्स छपाइ गर्ने सम्झौता भई लाइसेन्स छपाइको काम सुरु गरिएको हो । 

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराव तिमिल्सिनाले असार मसान्तभित्र थप १७ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भई काम सुरु भएको बताए। उनले विभागसँगको पहिलो चरणको सम्झौताबमोजिम वैशाख पहिलो साता सम्झौताबमोजिमको १२ लाख थान लाइसेन्स छपाइ सकेर हस्तान्तरण गरिएको बताए । “पहिलो चरणको १२ लाख सम्झौतामध्ये केन्द्रबाट अत्यावश्यक ३७ हजार ६९८ थान, ब्याकलग प्रिन्ट ११ लाख ३१ हजार ७५ थान र दैनिक प्रिन्ट ३१ हजार २२७ थान लाइसेन्स छपाई यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेका हौँ,” उपसचिव तिमिल्सिनाले भने। केन्द्र र विभागबिच छ महिनाभित्र १२ लाख सवारी लाइसेन्स छपाइ गर्ने गरी गत कात्तिक १२ गते सम्झौता भएको थियो । केन्द्रले विभागसँगको सम्झौताबमोजिम समयअगावै लाइसेन्स छपाइ सकेर हस्तान्तरण गरेको तिमिल्सिनाले बताए। 

सरकारले हालसम्म बाँकी रहेका ब्याकलग सवारी लाइसेन्सको छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राखी लाइसेन्स उत्पादन तथा छपाइको कामलाई छिटोछरितो सम्पन्न गर्न दोस्रो चरणको सम्झौता गरेको हो । उपसचिव तिमिल्सिनाले दोस्रो चरणको लाइसेन्स छपाइका लागि आवश्यक पर्ने कागजलगायतका कच्चा पदार्थ खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता भएको बताए। उनले कम्पनीसँगको सम्झौता गरिएको कच्चा पदार्थ आउनका लागि दुई साता लाग्ने बताए। उनले खरिद गरिएका कच्चा पदार्थ नआएसम्म तत्कालका लागि अत्यावश्यक र २४ घन्टे सवारी लाइसेन्स छपाइको काम हुने बताए। “विभागसँगको दोस्रो चरणको सम्झौताबमोजिम हालसम्म १८८ थान अत्यावश्यक, दैनिक प्रिन्ट चार हजार ९१३ थान गरी कुल पाँच हजार १०१ थान लाइसेन्स छपाइ सकेर विभागलाई हस्तान्तरण गरेका छौँ,” उपसचिव तिमिल्सिनाले थपे। 

उनले हाल अत्यावश्यक २११ थान, दैनिक प्रिन्ट तीन हजार ७६३ थान लाइसेन्स छपाइको प्रव्रिmयामा रहेको बताए। उनले केन्द्रमा ब्याकलग लाइसेन्स ५० हजार ८९७ थान प्रिन्ट भइसकेको बताउँदै हस्तान्तरणको प्रव्रिmयामा रहेको बताए। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच प्रतिथान लाइसेन्स १९५।१७ पैसामा छपाइ गर्ने सम्झौता भएको हो । यसै गरी केन्द्रले हुलाक व्यवस्था विभागसँग भएको सम्झौताबमोजिम हालसम्म ३० लाख थान हुलाक टिकट छपाइ गरेर हस्तान्तरण गरिसकेको छ । हुलाक व्यवस्था विभागसँग ६० लाख थान हुलाक टिकट छाप्ने विषयमा सम्झौता हुन बाँकी रहेको केन्द्रले जनाएको छ । हालसम्म जावा दाम, भैरव नाच र धुरकोट दरबार अङ्कित १०/१० लाख थान हुलाक छपाइ सकिएको छ । त्यस्तै कृषि आनुवांशिक स्रोत, इन्डेमिक वनस्पति, धार्मिक र पर्यटकीय सम्पदा, प्रथम विश्वयुद्धमा भिक्टोरिया व्रmस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर, प्रथम बाली प्रजानक कृषिविज्ञ नेत्रहादुर बस्न्यात र शिक्षा क्षेत्रको गरी थप ६० लाख थान टिकट छपाई बाँकी रहेको छ । 

राहदानी, बैङ्क नोटलगायतका वस्तुको छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४र७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना ९सेक्युरिटी प्रेस० निर्माणको काम सुरु गरेको हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending