Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

राष्ट्रिय गौरवका आयोजना तीन वर्षमा सक्न सुधार आवश्यक : न्यौपाने

खबरडबली संवाददाता

तनहुँ। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’ का संयोजक एवम् तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई. श्रीराम न्यौपानेले राष्ट्रिय गौरवका आयोजनाहरू बढीमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी नीतिगत र कानुनी सुधार हुनुपर्ने बताएको छन् ।

संयोजक न्यौपानेले आयोजनाहरू वर्षौँदेखि अलपत्र पर्नु र लागत निरन्तर बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै अबको दुईदेखि तीन वर्षभित्र ती आयोजनाहरू सम्पन्न गर्न सकिने आधार, चुनौती र आवश्यक सुधारका विषयमा उपसमितिले घनीभूत अध्ययन गरिरहेको जानकारी दिए । उनका अनुसार आयोजना ढिलाइ हुनुका प्रमुख कारणहरूमा कानुनी जटिलता, निर्णय प्रक्रियामा हुने ढिलासुस्ती, अन्तर–निकाय समन्वयको अभाव, वन तथा वातावरणीय स्वीकृतिमा हुने समस्या र जग्गा प्राप्तिको विवाद रहेका छन् ।

संयोजक न्यौपानेले भने, “प्रधानमन्त्रीज्यूबाट राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक सुझाव पेश गर्न निर्देशन प्राप्त भएबमोजिम हामीले ठोस सिफारिस तयार पार्दैछौँ । कमजोर ठेक्का व्यवस्थापन र वित्तीय स्रोतको अनिश्चिततालाई चिर्दै प्रशासनिक र संरचनागत सुधार नगरेसम्म गौरवका आयोजनाले गति लिन सक्दैनन् ।”

यसैबिच, उपसमितिले काठमाडौँमा सरोकारवाला निकायसँग बुधबारदेखि विस्तृत छलफल र समीक्षा सुरु गरेको छ । सिंहदरबारस्थित पूर्वाधार विकास समितिको कार्यालयमा गत वैशाख २२ गतेदेखि जारी छलफलमा सम्बन्धित मन्त्रालयका सचिव, विभागीय प्रमुख, आयोजना प्रमुख तथा विज्ञहरूको सहभागिता रहेको छ। उपसमितिले १७ मध्ये १५ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति र भावी कार्यदिशाबारे समीक्षा गरिरहेको छ ।

जसअन्तर्गत २२ गते बबई सिँचाइ, महाकाली सिँचाइ र भेरी–बबई डाइभर्सन आयोजना तथा २३ गते मेलम्ची खानेपानी, हुलाकी राजमार्ग र बुढीगण्डकी जलविद्युत आयोजनाको समीक्षा सम्पन्न भएको छ । बाँकी आयोजनाका बारेमा छलफल २४ र २५ गते पनि जारी रहने संयोजक न्यौपानेले जानकारी दिए।

यसअघि न्यौपानेकै नेतृत्वको टोलीले सुनकोशी–मरिन डाइभर्सन र काठमाडौँ–तराई मधेश द्रुतमार्गको स्थलगत निरीक्षण समेत गरेको थियो। उपसमितिले सरोकारवालासँगको छलफलपछि विस्तृत प्रतिवेदन सरकारसमक्ष पेश गर्ने तयारी गरेको छ । पूर्वाधार विकास समितिको कार्यालयमा गरिएको छलफल सहभागी सांसद श्रीराम न्यौपाने लगायत ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमान्डु गोर्खाजको डाइरेक्टरमा शरद

काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...

विदेशको पीआर लिएका कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई 'माफी'

काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...

आफ्नै दाजुको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट: सुलभ अग्रवाल र दीपक भट्टको फाइल झिकाउन आदेश

काठमाडौं।  सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...

हेटौँडाको रातोमाटेमा गाडी दुर्घटना, छ जना घाइते

मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...

तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...

दुई महिनापछि फेरि सुरु भयो नेपाली चियाको निर्यात

काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...

हाल पार्टी एकताको सम्भावना छैन, कार्यगत एकतामार्फत संयुक्त सङ्घर्ष आवश्यक: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending