बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सोमबार भएको राष्ट्रिय सञ्चार सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र प्राप्तिमा नेपाली प्रेसको ठुलो योगदान रहेको भन्दै प्रदेश सरकार मिडियालाई बलियो बनाउनेतर्फ प्रयासरत रहेको बताए।
उहाँले प्रदेश सरकारले मिडियाको विकासका लागि ठुलो बजेट विनियोजन गरेको बताउँदै अरु प्रदेशभन्दा लुम्बिनी प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गरे । लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा प्रदेश सरकार कहिल्यै नलाग्ने मुख्यमन्त्रीको प्रतिवद्धता छ ।
प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्दै उनले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिए। अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै मुख्यमन्त्री आचार्यले कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताएको हो ।
पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले राजनीतिक दलहरु सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानव अधिकारकर्मी सडकमा उत्रिएको स्मरण गरे।
उनले सञ्चार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्यले बुटवलमा मिडिया सेन्टर निर्माण गर्न बुटवल उपमहानगरपालिकाले देखाएको उत्सुकताको सराहना गरे। उनले स्थानीय पालिका र प्रदेश सरकार मिडियामैत्री हुनसके जराबाटै प्रेस बलियो हुने विश्वास ब्यक्त गरे।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटीका रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै बुटवलका पत्रकारसँग सहकार्य गर्न बुटवल उपमहानगर तयार रहको धारणा राखे।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि र मिडिया नीतिलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: