काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गरेको छन् ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका हालसम्मका गतिविधि संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुर्याउने खालका भएको आरोप लगाए। संसद्को मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई पाखा लगाएर सरकारले करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुन अध्यादेशमार्फत ल्याएकोमा उहाँले कडा आपत्ति जनाए।
'यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको हाम्रो ठम्याइ छ,' नेता आङदेम्बेले भने, 'आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरी संसद्को अधिकार खोसेर अध्यादेशको बाटो रोज्नुले संसदीय प्रणालीप्रति सरकारको निष्ठामाथि जनमानसमा शङ्का उब्जाएको छ ।'उनले सरकारको ४५ दिने शासन अनुभवले लोकतान्त्रिक अभ्यासलाई बलियो नबनाएको जिकिर गरे।
नेता आङदेम्बेले चालू वर्षे अधिवेशनको प्रारम्भ पनि असामान्य परम्पराबाट सुरु गरिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: