Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

मुगुका प्रहरीको रासन भत्ता नबढेको गुनासो

खबरडबली संवाददाता

मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता  नबढेको महशुस भएको पाइएको छ।

सुकाढिक प्रहरीचौकीमा कार्यरत एक कर्मचारीका अनुसार नजिकै ५ किलोमिटर दुरीको छिमेकी जिल्ला हुम्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी साथीहरूले रासन भत्ता बापत मासिक २३ हजार हुन्छ तर त्यही नजिकैका हामीले मासिक ९ हजार रुपियाँ रासन भत्ता पाएर चित्त बुझाउनु परेको छ। नेपाल सरकारले हामी दुर्गमको हिमाली जिल्लामा कार्यरत प्रहरीलाई  विभेद गरेको महसुस भएको उनले बताए।

जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँ पालिका वडा-२ मुगुको तिब्बत सिमा नाका प्रहरी चौकीमा कार्यरत एक कर्मचारीका अनुसार अनुसार नेपाल सरकारले रासन भत्ता पढाएपनि यहाँको महँगीअनुसार रासन भत्ता समायोजन हुन नसकेको गुनासो उनले गरे।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसन्धान अधिकृत नवीन शाहीका अनुसार सुगुमको कालिकोट जिल्लामा पाउने रासन भत्ता र यहाँ दुर्गमको हिमाली जिल्ला मुगुमा पाउने रासन रकम लगभग उस्तै रहेको छ। हाल पाइरहेको दैनिक रासन भत्ताले यहाँ छाक टार्न गाह्रो हुँदै आएको तल्लो दर्जाका प्रहरी कर्मचारीले गुनासो सुनाउदै आएका छन्।

यहाँका सुरक्षाकर्मीहरुको मनवल बढाउनका लगि सरकारले रासन समायोजनमा विशेष ध्यान दिनुपर्ने अनुसन्धान अधिकृत शाहीको सुझाव रहेको छ।

हिमाली जिल्ला मुगुमा नेपाल प्रहरीका कर्मचारीलाई रासन भत्ता कम भएको हुनाले  भत्ता पुनरावलोकन सम्बन्धी सिफारिस छ महिना पहिलेनै सम्बन्धित निकायलाई सिफारिस गरि पठाएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडान्नद खत्रीले जानकारी दिए । उनले भने, 'हुम्ला र मुगुको तुलनामा गर्ने हो भने भौगलिक विकटता उस्ता उस्तै छ।'यहाँ कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई मनबल बढाउन  रासन भत्तामा समायोजन गर्न आवश्कता देखिएको उनले बताए। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख राम प्रकाश शाहका अनुसार प्रहरीको हिमाली जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारीको मनोबल बढाउनका लागि रासन भत्तामा सामायोजनका लागि प्रहरी केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending