Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् ।

मङ्गलबार सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउन खोज्दा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतकहरूलाई आफ्ना धारणा राख्न समय दिएका थिए ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले पालैपालो बोल्दै प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ नदिएसम्म कार्यसूची अघि नबढाउन माग गरेका थिए ।

कांग्रेस प्रमुख सचेतक थापाले संसद्को गरिमा कमजोर पार्ने प्रयास भइरहेको भन्दै सरकारमाथि आरोप लगाइन् । उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीअनुसारको प्रश्नोत्तर कार्यक्रमलाई बेवास्ता गरेको बताइन् । थापाले बहुमतको बलमा नभई सहमति र सहकार्यबाट सरकार सञ्चालन हुनुपर्ने धारणा राखिन् ।

एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीले संसद्को सम्मान नगरेको आरोप लगाए । उनले सरकार संविधानको मर्मविपरीत अघि बढिरहेको भन्दै प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री संसदबाटै उत्पन्न हुने भएकाले सदनलाई समय दिनुपर्ने बताए । उनले सरकारलाई सहमति र संवादको आधारमा अघि बढ्न आग्रह गरे ।

अन्य विपक्षी सांसदहरूले पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म बैठकका कार्यसूची अघि नबढाउनुपर्ने अडान दोहोर्याएका थिए । त्यसपछि प्रतिनिधि सभा बैठक अवरुद्ध भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending