काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका लागि सारिएको हो ।
प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसद्मा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक बस्न ढिलाइ भएको थियो । संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि यसलाई आज बिहानका लागि सारिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
आजको बैठकमा समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीसम्मका विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुनेछ ।
बैठकका मुख्य कार्यसूचीहरू:
१. समसामयिक राजनीति र पार्टी गतिविधिका सम्बन्धमा ।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
३. अनुशासनात्मक कारबाहीका सम्बन्धमा ।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरूका सम्बन्धमा ।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
७. विधान संशोधन सम्बन्धमा ।
८. सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५५ बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १८ गते, २०८३ - ०८:३०
काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...
जेष्ठ १८ गते, २०८३ - ०८:२८
म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...
जेष्ठ १८ गते, २०८३ - ०८:२५
बाजुरा । बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएक...
जेष्ठ १८ गते, २०८३ - ०८:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाल...
जेष्ठ १८ गते, २०८३ - ०८:१५
म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नग...
जेष्ठ १८ गते, २०८३ - ०७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक...
जेष्ठ १८ गते, २०८३ - ०७:५६
काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञ...
जेष्ठ १८ गते, २०८३ - ०७:५१
लुम्बिनी । नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूहको प्रभाव क्रमशः कमजोर बन्दै गएको संकेत लुम्बिनी प्रदेशबाट देखिएको छ। एक समय बलियो मा...
जेष्ठ १८ गते, २०८३ - ०७:४१
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ । संसद् सचिवा...
जेष्ठ १८ गते, २०८३ - ०७:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । भारतीय जनता पार...



प्रतिकृया लेख्नुहोस्: