Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको बिना शर्त रिहाइको माग

खबरडबली संवाददाता

नेदरल्याण्ड्स । भुटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)ले १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाइलाई स्वागत गरेको छ।

भुटानका राजा  जिग्मे खेसर नामग्याल वाङचुकले दिएको माफीका आधारमा उनीहरूलाई जुन १ मा रिहा गरिएको थियो। अभियानले यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार समुदायको दीर्घकालीन दबाब र कूटनीतिक पहलको सकारात्मक परिणामका रूपमा व्याख्या गरेको छ।

जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीका अनुसार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रिया, युरोपेली संघ तथा Human Rights Watch लगायत संस्थासँग वर्षौंदेखि गरिएको वकालतले यो उपलब्धि सम्भव भएको हो।

यद्यपि, अभियानले रिहापछि उत्पन्न भएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पहिचानसम्बन्धी आवश्यक कागजातको अभावमा तामाङ र राईलाई नेपाल प्रवेश गर्न अनुमति नदिइएको र उनीहरू भारत–नेपाल सीमास्थित पनितान्की क्षेत्रमा अलपत्र परेपछि अन्ततः भुटान फर्किन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। हाल उनीहरू भारतमा आफन्तको संरक्षणमा अस्थायी रूपमा बसिरहेको जनाइएको छ।

अभियानले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई उनीहरूलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति असहमति जनाएको छ। विज्ञप्तिअनुसार दुवैलाई न औपचारिक परिचयपत्र, न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त कानुनी हैसियत पुष्टि गर्ने अन्य आवश्यक कागजात उपलब्ध गराइएको थियो। यसले उनीहरूको सुरक्षा, स्वतन्त्र आवतजावत र मानवीय सहायता प्राप्तिमा थप चुनौती सिर्जना गरेको अभियानको भनाइ छ।

जीसीआरपीपीबीले भुटान, नेपाल र भारत सरकारसँगै अन्तर्राष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन र आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ।

राम कार्कीले दुई राजनीतिक कैदीको रिहाइलाई महत्वपूर्ण मानवीय कदमका रूपमा स्वागत गरिए पनि अभियान अझै समाप्त नभएको बताएका छन्। उनका अनुसार भुटानका कारागारमा अझै २८ राजनीतिक कैदी रहेको दाबी गर्दै उनीहरूको तत्काल र बिना शर्त रिहाइका लागि प्रयास जारी रहनेछ।

अभियानले भुटानको शाही सरकारलाई बाँकी राजनीतिक कैदीहरूप्रति पनि समान मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेको छ। थप माफी, कारागारको अवस्था सुधार, परिवारसँग सम्पर्क सहज बनाउने व्यवस्था, रिहा हुने व्यक्तिलाई आवश्यक कागजात उपलब्ध गराउने तथा अन्ततः सबै राजनीतिक कैदीको स्वतन्त्रता सुनिश्चित गर्न कदम चाल्नुपर्ने अभियानको माग छ।

सन् २०१९ मा नेदरल्याण्ड्सको हेग (The Hague )मा भुटानी राजबन्दीका परिवारहरूको सहयोगमा जीसीआरपीपीबीको स्थापना गरिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending