तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशाज्ञा (भिसा) नदिइएको भन्दै अमेरिकी सरकारको कडा आलोचना गरेको छ ।
महासंघले आफ्नो आधिकारिक वक्तव्यमार्फत अमेरिकी कदमलाई खेलभावनाविपरीत, पूर्ण रूपमा राजनीतिक प्रेरित तथा अन्तर्राष्ट्रिय खेलकुद कानुनको मर्मविपरीत भएको जनाएको छ ।
महासंघका अनुसार राष्ट्रिय टोलीसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक, प्रशासनिक तथा सहयोगी कर्मचारीहरू प्रतियोगिताको तयारीका लागि अत्यावश्यक रहेकाले उनीहरूलाई भिसा उपलब्ध गराइनु आवश्यक छ ।
इरानले यस विषयलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० समक्ष पनि उठाएको जनाएको छ । महासंघले प्रतियोगितामा सहभागी टोलीका आवश्यक अधिकारीहरूको भिसा सुनिश्चित गराउने जिम्मेवारी फिफाको समेत रहेको उल्लेख गरेको छ ।
इरानी फुटबल महासंघले आयोजक राष्ट्रको यो कदमलाई विभेदपूर्ण र लक्षित व्यवहारको संज्ञा दिएको छ । महासंघका अनुसार यस्तो निर्णयले प्रतियोगितामा सहभागी राष्ट्रहरूका लागि समान र निष्पक्ष वातावरणको सिद्धान्तमाथि प्रश्न उठाएको छ र खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको छ ।
यद्यपि, अमेरिकाले इरानी राष्ट्रिय टोलीका खेलाडीहरूका लागि आवश्यक भिसा प्रक्रिया सम्पन्न भएको जनाएको छ । टर्कीएस्थित अमेरिकी राजदूतले सामाजिक सञ्जालमार्फत इरानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूको भिसा प्रक्रिया सम्पन्न गर्न अमेरिकी दूतावासले गरेको कार्यको प्रशंसा गर्दै खेलकुदले सीमाना नाघेर विश्वलाई जोड्ने माध्यम भएको उल्लेख गरेको छन् । उनले विश्वभरबाट आउने खेलाडी तथा समर्थकहरूलाई स्वागत गर्न अमेरिका उत्साहित रहेको पनि बताए।
इरानी सञ्चारमाध्यमहरूका अनुसार भिसा नपाउने व्यक्तिहरूमा इरान फुटबल महासंघका अध्यक्ष, राष्ट्रिय टोलीका कार्यकारी निर्देशक, महासंघका महासचिव तथा टोलीका सञ्चार निर्देशक रहेका छन् । उनीहरू टोलीको प्रशासनिक तथा व्यवस्थापकीय जिम्मेवारीमा संलग्न प्रमुख अधिकारीहरू मानिन्छन् ।
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । इरान समूह ‘जी’ मा परेको छ र उसले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्ने तालिका छ ।
त्यसपछि जुन २१ मा बेल्जियमसँग सोही मैदानमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध खेल्ने कार्यक्रम रहेको छ ।
विश्वकपको तयारी तीव्र भइरहेका बेला देखिएको यो भिसा विवादले खेलकुद र कूटनीतिक सम्बन्धबीचको संवेदनशील सम्बन्धलाई पुन: चर्चामा ल्याएको छ । इरानले यस विषयमा अन्तर्राष्ट्रिय खेलकुद निकायहरूको ध्यानाकर्षण गराउँदै समाधान खोज्न आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...
श्रावण ९ गते, २०८३ - १९:४६
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...
श्रावण ९ गते, २०८३ - १९:४२
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...



प्रतिकृया लेख्नुहोस्: