काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्।
प्रचण्डको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले उनी बैठकमा उपस्थित हुन नसक्ने जानकारी उनको सचिवालयले दिएको छ।
प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार स्वास्थ्य समस्याका कारण उनी नियमित भेटघाट तथा पार्टीका कार्यक्रममा समेत सहभागी हुन सकेका छैनन्।
“उहाँको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। औषधि सेवन जारी रहेकाले आजको बैठकमा सहभागी हुन सक्ने अवस्था छैन,” आचार्यले बताए।
प्रचण्ड अनुपस्थित रहे पनि नेकपाको तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी हुने जनाइएको छ।
आचार्यले सत्तारुढ दलको पहलमा बोलाइएको बैठकलाई सकारात्मक रूपमा लिइएको बताउँदै स्वास्थ्यले साथ दिएको भए प्रचण्ड स्वयं उपस्थित हुने बताए।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजना गरिएको बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को गतिरोध र दलहरूबीचको सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा पनि बैठकमा सहभागी नहुने भएका छन्। कांग्रेसको तर्फबाट दलका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधित्व गर्ने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: