Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

खबरडबली संवाददाता

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका सामग्री तयार पारेर यहाँका महिला स्वरोजगार र आत्मनिर्भर बनेका हुन् ।

रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहका अध्यक्ष मनकुमारी पुनले १२ जना महिला उद्यमीले अल्लोबाट कपडा बनाउने काम गरिरहेका जानकारी दिइन् । “एक जनाले वार्षिक रूपमा ४५ देखि एक सय ५० मिटरसम्म अल्लोबाट कपडा बनाउँछौँ”, उनले भनिन्, “प्रतिमिटर रु पाँच सयदेखि रु सात सय पचासका दरले अल्लो कपडा बिक्री हुन्छ ।”

हिउँदयाममा लेकाली क्षेत्रको जङ्गलमा अल्लोको पुवा सङ्कलन, प्रशोधन गरी धागो बनाउने र घरायसी कामबाट बचेको फुर्सदको समयमा धागो बनाउने गरेको उद्यमी हिमदेवी घर्तीले बताउनुभयो । उहाँका अनुसार चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट पुवा निकाल्ने गरिन्छ । पुवालाई तातोपानीमा पकाएर तयार पारिएको रेसादार धागोलाई तानको सहायताले कपडा बुन्ने गरिन्छ ।

“वातावरणमैत्री, बलियो, टिकाउ, आकर्षक र मौलिक सीपमा आधारित भएकाले अल्लोको धागो र कपडाको खपतसँगै माग पनि बढेको छ”, घर्तीले भनिन्, “खेतीकिसानी र घरायसी कामबाट बचेको समयको सदुपयोगसँगै भएको आम्दानीले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ ।”

उद्यमीहरूले कपडाका विभिन्न सामग्री बनाएर विविधिकरण गर्न थालेका छन् । ग्राहकको माग अनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा, ‘पर्स’ बनाएर बिक्री गर्दा थप आम्दानी हुने उद्यमी गौमाया पुनले बताउनुभयो । “यसअघि परम्परागत शैली र डिजाइनमा कुर्ता सुरुवाल मात्रै सिलाउने गरेका थियौँ”, उनले भनिन्, “पछिल्लो समय ग्राहकको माग अनुसार नयाँनयाँ डिजाइनमा कपडा सिलाउन थालेपछि थप आम्दानी भएको छ ।”

अल्लोबाट बनेको एउटा कोटलाई रु पाँच हजार मूल्य पर्ने गौमायाले जानकारी दिइन् । उनका अनुसार रुम घुम्न आउने पर्यटक र पाहुनाले कोशेलीका रूपमा अल्लोका कपडा किनेर लैजाने गरेका छन् । बेनी, पोखरा, बागलुङ, कुश्माका मेला तथा महोत्सवमा प्रदर्शनीमा लगेर सामानको प्रवर्द्धन गरिएको छ । छुट्टी र चाडपर्व मनाउन जन्मथलो आएका प्रवासीहरू पनि अल्लोका कपडाका ग्राहक बनेको उहाँको अनुभव छ ।

मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीले रुमका उद्यमीलाई अल्लोको कपडाबाट सामग्री बनाउन स्तरोन्नतिसम्बन्धी तालिमका साथै तान सहयोग गरिएको बताइन् । उनका अनुसार गरिबी निवारण कोष, गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रमलगायत सङ्घसंस्था तथा सरोकार भएका निकायले तालिम, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग गरेका छन् ।

सामूहिक रूपमा कपडा बुन्ने उद्यमीका लागि साझा सुविधा केन्द्रको भवन पनि निर्माण गरिएको मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले जानकारी दिए । उनका अनुसार स्थानीय स्रोतसाधनमा आधारित उद्यमले महिलाको आर्थिक सशक्तीकरणसँगै गाउँमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

पहिले जङ्गलमा खेर जाने अल्लो आज रुमका महिलाको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ । परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार गरेका छन् । स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending